प्रतिनिधिसभाबाट बहुप्रतिक्षीत टिआरसी विधेयक पारित

संघीय संसदको प्रतिनिधि सभाबाट शान्ति प्रक्रियाको महत्वपूर्ण कार्यभारका रुपमा रहेको 'बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१' सर्वसम्मत रुपमा पारित भएको छ।

फोटो : गोपाल चित्रकार, बरिष्ट फोटो पत्रकार

३० साउन, काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाबाट शान्ति प्रक्रियाको महत्वपूर्ण कार्यभारका रुपमा रहेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मत रुपमा पारित भएको छ।
बुधबारको बसेको प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको टिआरसी विधेयक सभाले सर्वसम्मत पारित गरेको हो। प्रतिनिधिसभाबाट पारित भएको सो विधेयक अब राष्ट्रिय सभामा जानेछ। राष्ट्रिय सभाले पारित गरेपछि विधेयक पुनः प्रतिनिधिसभामा फर्कने छ । सभामुखले प्रमाणित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रुप लिने छ

प्रतिक्रिया