विपत्तिमा संघ, प्रदेशका सांसद र स्थानीय सरकार सँगसँगै

बाढी पहिरोका कारण आइपरेको वित्तिमा परेका स्थानीयलाई संघ र प्रदेशका सांसदसँगै स्थानीय सरकारले मिलेर मलम लगाउने प्रयास गरेका छन् ।

४ भदौ, सिन्धुपाल्चोक । बाढी पहिरोका कारण आइपरेको वित्तिमा परेका स्थानीयलाई संघ र प्रदेशका सांसदसँगै स्थानीय सरकारले मिलेर मलम लगाउने प्रयास गरेका छन् ।

सोमबार राती परेको अविरल बर्षापछि आएको बाढी पहिरोमा परी घाइेतभएकालाई उद्धार, उपचार र घर गोठ पुरिएका स्थानीलाई राहतका लागि संयुक्त प्रयास गरेका हुन् । सोमबार रातीको पानीले सिन्धुपाल्चोककको विशेषगरी बलेफी गाउँपालिकामा धेरै क्षती पुगेको छ । वडा नं ४ को कोलेमा अविरल बर्षासगै आएको पहिरोले घर पुरिँदा सुतीरहेका घरधनी ४६ बर्षका आकाश तामाङलाई हिलो लेदोले पुरेको थियो । बाढीले आधा पुरेको अवस्थामा व्युँझिएकी उनकी श्रीमती चिनिमायाँले श्रीमानलाई मुस्किलले बचाइन । गाउँले गुहारीन । उज्यालो नहुँदै उनीहरु दुबैलाई खाडीचौरस्थितसिन्धु सन्जीवनि पोलिक्लिनिकमा ल्याईयो । उपचार गराईरहेका दुबैको स्वास्थ्य अवस्था बुझ्न गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ पोलिक्लिनिक पुगे । उनले उपचार खर्च गाउँपालिकाले बेहोर्ने जानरकारी मात्रै गराएनन् अस्थायी बसोबासका लागि तत्काल सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

निर्वाचन क्षेत्रमा बाढी पहिरोले क्षती पुर्याएपछि क्षेत्र न १ बाट निर्वाचित सांसद माधव सापकोटा सुबोध संविधान सभा सदस्य केशव नेपाल र बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, स्थानीय नेता प्रताप तामाङ सहित पहिरो प्रभावित बलेफी २ को नौविसे क्षेत्रमा पुगे । बलेफी गाउँपालिकाले सांसदहरुसँग समन्वय गर्यो । संयुक्त रुपमा प्रभावितलाई प्रारम्भिक राहत वितरण भयो । टोली संयुक्त रुपमा घाइते भेट्न गयो । सान्त्वना दियो । आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त भयो । घाइतेहरुले पीडामा मलम लगाउन आएकोमा जनप्रतिनिधिप्रति खुसी व्यक्त गरे ।


नयाँ संविधान जारी भएपछि राज्यको पुनर्संरचनासँगै अधिकार सम्पन्न स्थानीय तहले तत्काल उद्धार तथा राहतमा राम्रो काम गरेका छन् । संघ र प्रदेशका सांसदले स्थानीय तहहरुसँग समन्वय गरेका छन् । संघ र प्रदेशबाट लिनुपर्ने पहलकदमी लिएका छन् । सिन्धुपाल्चोकका बलेफी, लिसंखु, जुगल, चौतारा लगायतले राम्रो उदाहरण प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया