६ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) बलेफी काठमाडौं सम्पर्क समन्वय समितिको दोश्रो सम्मेलनबाट विष्णु विक ‘निश्चल’ को अध्यक्षतामा २५ सदस्यीय कमिटि सर्वसम्मत चयन भएको छ । शनिबार काठमाडौंको नरेफाँटमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाबाट काठमाडौं आई बिभिन्न पेशा,व्यवसाय तथा अध्ययनको लागि बसोबास गरिरहेका माओवादी केन्द्रका संगठित सदस्यहरुको दोस्रो सम्मेलनले नयाँ कमिटि चयन गरेको हो ।
माओवादी केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज केशव नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा सिन्धुपाल्चोक जिल्ला, क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुवोध’, बागमती प्रदेशसभा सदस्य अमृता नेपाल ‘प्रभा’, नेकपा सिन्धुपाल्चोकका संस्थापक सचिव समेत रहेका जेष्ठ कम्युनिष्ट मञ्चका जयराम पराजुली, सिन्धुपाल्चोक काठमाडों सम्पर्क समन्वयका अध्यक्ष जयराम आचार्य, राजकुमार आचार्य, प्रतापसिं तामाङलगायत नेताहरुको उपस्थिति रहेको थियो ।
सम्मेलनबाट अध्यक्षमा बिष्णु बि.क। ‘निश्चल’,उपाध्यक्ष ज्ञानबहादुर तिमल्सिना, उपाध्यक्ष, गिता तामाङ, उपाध्यक्ष टिकाराम तामाङ, सचिव अच्युत कोइराला, सहसचिव मेजरमान तामाङ, कोषाध्यक्ष डम्बरबहादुर श्रेष्ठ ‘आकाश’ , चयन भएका छन् । यस्तै सदस्यहरुमा उद्धव पराजुली, अमृत तिमल्सिना, मिनबहादुर गहतराज, रबिन पराजुली, राजु रोका, ‘गोविन्द’, अर्जुन गहतराज, कृष्णप्रसाद भट्टराई, सदस्य सुमिया बि क, श्याम ढकाल, ओम आचार्य, सुजन कार्की , हेमन्त कसजु, ज्ञानबहादुर तामाङ, लालकाजी गहतराज , हरिकुबेर तिमल्सिना, राजन तिमल्सिना, बिष्णु पौडेल र रमेश तिमल्सिना सर्वसहमत चुनिएका छन् ।
कार्यक्रमलाई सफल बनाउन बलेफी गाउँपालिकाबाट सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको नेतृत्वमा रहेका सचिव तोक बहादुर गधराज ९तोकेन्द्र०, राजकमार आचार्य लगायत जिम्मेवारी निर्वाह गरेका थिए ।
निवर्तमान अध्यक्ष शारदा आचार्य ‘अनुपमा’ को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सम्मेलन आयोजक समितिका संयोजक नारायणकाजी श्रेष्ठ ‘निश्चल’ गरेका थिए । कार्यक्रममा सहभागीले माओवादीमा फेरि जनलहर उर्लिएको बताएका थिए । माओवादी आबद्ध सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत जिल्लाका १२ वटै स्थानीय तहका सम्पर्क समिति रहेका छन् ।