देशभर भारी बर्षा, सिन्धुपाल्चोकमा दुईको मृत्यु, अरनिको लोकमार्गका तीन पुल बगे

दशैंको मुखैमा मनसुन सक्रिय भएपछि दुई दिन यता जारी लगाताको बर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ । देशका मुख्य देखि सहायक मार्गहरु पहिरोले अबरुद्ध भएका छन भने आन्तरिक हवाई सेवा ठप्प भएको छ ।

१२ असोज, काठमाडौं । दशैंको मुखैमा मनसुन सक्रिय भएपछि दुई दिन यता जारी लगाताको बर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ । देशका मुख्य देखि सहायक मार्गहरु पहिरोले अबरुद्ध भएका छन भने आन्तरिक हवाई सेवा ठप्प भएको छ । काठमाडौं उपत्यका भित्रका नदिहरुमा आएको बाढीले लाखौं घर डुबानमा परेका छन् । खोला किनारका बस्ती र करिडोर सडकमा खोला बगेको छ । सप्तकोशी नदिको जलाधार क्षेत्रको सुनकोशीमा आएको बाढीले सिन्धुलीको खुर्कोट बजार डुबाएको छ । पूर्वको पाँचथरदेखि बागमतीको मकवानपुर सिस्नेरीसम्म बाढी पहिरोले मानवीय र भौतिक क्षती भएको छ ।
सिन्धुपाल्चोकका दुईको मृत्य, अरनिको लोकमार्ग अबरुद्ध
लगातारको अविरल बर्षापछि आएको बाढी पहिरोका कारण सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिमा पहिरोले पुरीएर वडा नं ३ का पुर्व वडाध्यक्ष समेत रहेका काजीबहादुर लामा र उहाँकी श्रीमतीको मृत्यु भएको छ । गएराती पहिरोले घर पुरिँदा दुबैको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजु लामाले बताए ।
जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ४ मा रहेको सिन्धु विचमा पहिरो गएर केही नागरिकको हताहती भएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । जुगल गाउँपालिकाको वडा नं १ सेलाङ, कुने गाउँका तीन घर ब्रम्हायणी नदीले बगाएको छ । केही नागरिक पनि बेपत्ता भएको खबर छ । जिल्लाको नेपाल चीन जोड्ने अरनिको लोकमार्गका लार्चा, लिपिङ र घट्टे खोला गरी तीन वटा पक्किपुल भोकेकोशीले बगाएको छ भने दर्जनौ स्थानहरुमा पहिरो गई सडक अबरुद्द भएको छ। बलेफी जलविरे सडक खण्ड पनि अबरुद्ध छ । अर्चले लगायतका विभिन्न स्थानमा गएको पहिरोले सडक अबरुद्ध भएको हो । नदी किनारका बस्तीहरु उच्च जोखिममा छन् । यसैविच सुरक्षित रहन र सतर्कता अनपनाउन आम नागरिकलाई जनप्रतिनिधिहरुले अपिल गरेका छन् ।

प्रतिक्रिया