२१ असोज, सिन्धुपाल्चोक । सिन्धुबासिका लागि जसरी २०७२ को वैशाख १२ कालो दिन बन्न पुग्यो, त्यसै गरी २०८१ असोज १२ ले पनि नराम्ररी पीडा दिएर विदा भएको छ । असोज १२ विदा भएपनि यसले गरेको क्षतिको पीडा सहि नसक्नुको छ । हुन त सिन्धुपाल्चोकमा २०७१ साल साउन १७ गतेको जुरे पहिरो देखि नै ठूला विपत्तिको सुरुआत भएको हो । वि सं २०७७ असोज ६ गते, २०७८ साउन ४ र २०८१ असोज १८ गते गरी तीन पटक विपद् संकटग्रस्त घोषित सिन्धुपाल्चोकमा मूलत: भूकम्प र बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।
पछिल्लो पटक २०८१ साल असोज १२ गतेको बाढी पहिरोले जिल्लामा ११ जनाको ज्यान लियो, २ जना अझै बेपत्ता छन् । अरनिको लोकमार्गका लार्चा र लिपिङका मोटरेबल पुल बगेका छन् । लिसंखु पाखरमा पाँच जनाको मृत्यु भएको छ । जुगलमा दुई जनाको मृत्यु हुँदा दुई जना बेपत्ता छन् । सुनकोशीमा चार जनाको मृत्यु भयो । जिल्लाका बलेफी र बाह्रविसे र चौतारामा भौतिक क्षति भयो । हेलम्बु, मेलम्ची र पाँचपोखरी विपदसँग जुधिरहेका छन् । नेपाललाई चीनसँग जोड्ने अरनिको लोकमार्ग र अन्य सहायक मार्गहरुमा ठूलो क्षति पुगेको छ ।
विपत्तिमा कसको भूमिका कस्तो ?
यसपटकको बाढी पहिरोपछि जिल्लाबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले निकै राम्रो भूमिका खेलको देखियो । जिल्लाको क्षेत्र नं १ केन्द्रीत मानवीय एवं भौतिक क्षतिमा तिनवटै तहको सक्रियता राम्रो थियो ।
माधव सापकोटा, प्रतिधिनि सभा सदस्य, सिन्धुपाल्चाक – १
असोज १२ को विपत्तिपछि जनताको पीडाम मलम लगाउन संघीय सांसद माधव सापकोटा ‘सुबोध’को भूमिका निकै महत्वपूर्ण रह्यो । उनले सरकार, कर्मचारी संयन्त्र, नीजि क्षेत्र, प्रदेश र स्थानीयतसहसँग समन्वय गरेर संघीय सरकारलाई सिन्धुपाल्चोकमा ध्यान केन्द्रीत गर्न बाध्य बनाए । संघीय संसदबाट महिनौं अघि तय भएको बेलायत भ्रमण रद्द गरेर बाढी पहिरो गएको दिनदेखि नै समन्वय, सम्बद्ध पक्षहरुसँगको वैठक एवं अबरुद्ध टेलिफोन, विद्युत सेवा र सडक खुलाउन उनको सक्रियताको सबैले खुलेर प्रसंसा गरे । विपद प्रभावित जनताको उद्धार एवं राहत र सो विषयमा मिनि संसद, समितिमार्फत ध्यानाकर्षण रएवं खबरदारीले उनले जनताका सुख दुखका साथीका रुपमा आफूलाई स्थापित गरेको देखियो ।
सरल सहयात्री पौडेल, बागमती प्रदेश सभा सदस्य
असोज १२ को विपत्तिपछि प्रदेश सभा सदस्य सरल सहयात्री निर्वाचन क्षेत्रमा सक्रिय रहे । उनले विपदबाट पीडामा रहेका जनताको सेवामा आफूलाई सक्रिय बनाए । पीडित परिवारलाई भेटघाट र सान्त्वनामा संघीय सांसदसँगै रहेका उनले प्रदेश सभा र बागमती प्रदेश सरकारसँग पीडामा मलम लगाउने सम्बन्धमा समन्वय गरेको देखियो ।
अमृता नेपाल प्रभा, बागमती प्रदेश सभा सदस्य
समानुपातिक प्रक्रियाबाट निर्वाचित भएर पनि प्रदेश सभा सदस्य अमृता नेपाल प्रभाले प्रभावितहरुका लागि आफूलाई समर्पित गरिन् । बाढी पहिरो पीडितको घर आँगनमा पुग्ने सन्दर्भमा होस् वा समन्वयमा उनको भूमिका महत्वपूर्ण देखियो ।
कृष्ण प्रसाद सापकोटा, प्रमुख, चौतारा साँगाचोकगढी नगरपालिका
मानवीय क्षति नभए पनि सडक अबरोध र भौतिक क्षति बेहोरेको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाको विपदका बेला जनताकोमा पुग्ने शैली मौलिक देखियो । डोजर लिएर बाटो खुलाउने देखि भौतिक क्षतिको अवलोकन गरी नगरका तर्फबाट तत्काल गर्न सकिने सहयोगमा जुटेका उनले बाढी पहिरोका कारण जनताले भोग्नु परेको पीडा कम गर्ने काममा आफूलाई निरन्तर उभ्याएको देखियो
गंगा बहादुर तामाङ, अध्यक्ष बलेफी गाउँपालिका
असोज १२ को पहिरोले बलेफी गाउँपालिका क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी प्रभावित क्षेत्रमा तत्काल पुगेका बलेफीका अध्यक्ष गंगा बहादुर तामाङले पहिरोले ठाउँ ठाउँमा बन्द रहेका बलेफी जलविरे तेम्बाथान सडक खुलाउन महत्वपूर्ण भूमिका खेलेको देखियो । सडक विभाग र निर्माण व्यवसायीसँगको समन्वयमा ठूला पहिरो पन्छाएर बाटो खुलाएका उनले बलेफी -२ को अर्चलेमा ठूलो पहिरो गएर दर्जनौं किसानको धानखेत पुरिएर भएको क्षतिको स्थानीय सरकारका रुपमा सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेर गाउँ आएको सरकार हुनुको अनुभूत गराए ।
रेशम स्याङ्बो, अध्यक्ष जुगल गाउँपालिका
विकट रहेर पनि पर्यटन र भौतिक विकासमा जग बसालिसकेका जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो विपदपछिको समयमा निकै सक्रिय रहेको देखियो । कुनेगाउँका पहिरो प्रभावितका लागि होस् वा तेगामा राहत पठाउने कार्यक्रमा समन्वयमा होस् अध्यक्ष स्याङ्बो उत्तिकै खटे । बाढी पहिरोबाट मात्रै नभएर आगलागी पीडितका लागि पनि सहयोग रकम जुटाएर हस्तान्तरण गराउने उनको भूमिका प्रशंसनीय रह्यो ।
राजु लामा, अध्यक्ष लिसंखु पाखर गाउँपालिका
आफू नेतृत्वको स्थानीय सरकारलाई संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली’ (लिजा) मा उत्कृष्ट २५ गाउँपालिकाभित्र पारेर चर्चा बटुलेका लिसंखुपाखरका अध्यक्ष राजु लामाले यसपटकको विपत्तिमा उत्तिकै सक्रियता देखाए । दुई फरक स्थानमा भएको घटनामा पाँच जनाको मृत्यु भएपछि खोज तथा उद्धार, सान्त्वना, पालिकाबाट आर्थिक सहयोग, राहत एवं समन्वयमा लामाको भूमिका उत्कृष्ट देखियो । पालिकाको मात्रै नभएर पालिकासम्म पुग्ने सडकको अवस्थाबारे समेत सूचना दिएर उनले विपत्तिमा बास्तविक जनप्रतिनिधिको भूमिका निर्वाह गरे ।
टपिन्द्र प्रसाद तिमिल्सिना, अध्यक्ष, सुनकोशी गाउँपालिका
यसपटकको विपत्तिमा गाउँपालिमा मानवीय र भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना प्रभावितहरुसँगै रहे । बाढी अघि सामाजिक सुरक्षा भत्ता बाँड्न वडा वडामा पुगिरहेका उनले बाढीले भत्काएका घर बनाउन पालिकाले तीन लाख दिने घोषणा गराए । अध्यक्ष तिमिल्सिनाले बन्द बाटो सञ्चालनका पनि आफूलाई सँगसँगै उभ्याएको देखियो ।
कुमार श्रेष्ठ, अध्यक्ष भोटेकोशी गाउँपालिका वडा नं -२
असोज १२ को बाढीले लार्चा पुल बगाएपछि तातोपानीसँग सम्पर्क जोड्न भोटेकोशी -२ का अध्यक्ष कुमार श्रेष्ठको सक्रियता लोभलाग्दो देखियो । लार्चामा तुइन र फड्के राख्नेदेखि लार्चामा ह्युमपाइप राख्ने कार्यमा उनको खटाइले सार्थकता समेत पाएको छ । संघीय सांसदको समन्वयमा सडक विभागबाट खटिएको टोलिलाई सघाउनेदेखि सम्बद्ध पक्षलाई झकझकाउने सम्मको भूमिकाका लागि सबैले उनलाई स्यावासी दिएका छन् ।
सिन्धुपाल्चोकका प्रमुख प्राकृतिक विपत्तिहरूको विवरण ( २०७१-०८१)