दसैं लगत्तै विपक्षी दलहरु सक्रिय, संसदको विशेष अधिवेशनबारे छलफल

दसैं विदा सकिए लगत्तै विपक्षी दलहरु सक्रिय भएका छन् । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउनसक्ने भन्दै उनीहरुले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउने सन्दर्भमा समेत छलफल गरेका छन् ।

२ कार्तिक, काठमाडौं । दसैं विदा सकिए लगत्तै विपक्षी दलहरु सक्रिय भएका छन् । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउनसक्ने भन्दै उनीहरुले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउने सन्दर्भमा समेत छलफल गरेका छन् ।
शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा माओवादीको संयोजनमा बसेको बैठकमा साना दलहरू फुटाउनेगरी सरकारले अध्यादेश ल्याउन लागेकोबारे छलफल भएको हो ।

बैठकमा सहभागी माओवादीका नेता शक्ति बस्नेताका अनुसार सरकारले अध्यादेश ल्याउन खोजे साना दलहरुले विशेष अधिवेशन डाक्ने विषयमा अघि बढ्ने छन् । बैठकमा ओलीले अध्यादेशमार्फत काम गर्न सक्ने आसंका उब्जिएको निष्कर्ष निकालेको छ । बैठकमा सत्तापक्षमै रहेका महन्थ ठाकुर र नाउपका नेता समेत सहभागी भएपछि बालुवाटारमा खैलाबैला मच्चिएको छ । विपपक्षीहरुको बैठकले यसबारे आगामी कात्तिक ५ गते राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउने पनि नेताहरूले बताएका छन्।

माओवादीको कार्यालयमा भएको छलफलमा माओवादी अध्यक्ष प्रचण्ड, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल, लोसपका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिंदेन, रास्वापा अध्यक्ष रवि लामिछानेलगायतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया