माओवादीको विरोध सभा : प्रचण्डको नेतृत्वमा जुलुस निस्कँदै, ५० हजार नेता कार्यकर्ता सहभागी हुने

नेकपा (माओवादी केन्द्र) ले आज काठमाडौंमा खबरदारी सभा आयोजना गर्दै छ । भृकुटीमण्डपमा हुने खबरदारी सभाअघि अध्यक्ष प्रचण्डको नेतृत्वमा सुन्धाराबाट जुलुस निकाल्ने तयारी भइरहेको माओवादीले जनाएको छ ।

१० कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज काठमाडौंमा खबरदारी सभा आयोजना गर्दै छ । भृकुटीमण्डपमा हुने खबरदारी सभाअघि अध्यक्ष प्रचण्डको नेतृत्वमा सुन्धाराबाट जुलुस निकाल्ने तयारी भइरहेको माओवादीले जनाएको छ । खड्ग प्रसाद ओली नेतृत्वको सरकारको सय दिन पुग्दा पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले ओली सरकारको भ्रष्टाचारी कदम विरुद्ध खबरदारी सभा गर्न लागेको जनाएको छ ।
माओवादीकोबागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी पुरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले जानकारी दिए । बिहान ११ बजे सुन्धारामा जम्मा भएर नेता तथा कार्यकर्ताहरू त्यहाँबाट बाजा, झाँकीसहित हुने जुलुसमा सहभागी हुने छन् । जुलुसको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् । जुलुस रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने छ ।
जुलुस मध्यान्ह १२ : ३० मा भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने छ । जुलुसमा बागमती प्रदेशका जिल्लाहरबाट स्वतस्फुर्त र उपत्यका भित्रबाट नेता कार्यकर्ता सहभागी हुनेछन् । आजको विरोध सभामा ५० हजार नेता कार्यकर्ता सहभागी हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया