२ मंसिर, सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक कार्यालयको बैठकले आन्तरिक सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको छ ।
जिल्लाको इन्द्रावती गाउँपालिकाको भिमटारमा मंसिर १ देखि दुईदिनसम्म चलेको बैठक खुल्ला, स्पष्ट एवम् सौहार्दपूर्ण वातावरणसहित कम्युनिष्ट स्पिरिडमा सिन्धुपाल्चोक जिल्ला कार्यालयको विस्तारित समिक्षा बैठक उच्च स्तरको एकताभाव पैदागरी दुई दिन चलेर सम्पन्न भएको माओवादीका केन्द्रीय सदस्य एवं क्षेत्र नं १ बाट निर्वाचित सांसद माधव सापकोटा सुबोधले जानकारी दिएका छन् । उनले बैठकमा सक्रिय सहभागी, व्यवस्थापनमा खट्नु हुने स्थानिय पार्टी पंक्ति र भिमटारका जनताहरुलाई हार्दिक धन्यवाद समेत दिएका छन् । अर्का केन्द्रीय सदस्य एजं सिन्धुपाल्चोकबाट बागमती प्रदेश सभा सदस्य युवराज दुलाल सरदले मंसिर १ देखी माघ मसान्त सम्म ३ महिने पार्टी आन्तरिक सुदृढीकरण अभियान (पालिका सम्मेलन समेत) सञ्चालन गर्ने निर्णय सहित “भिमटार बैठक” सम्पन्न भएको जानकारी दिएका छन् । माओवादी बागमती प्रदेश अध्यक्ष एवं जिल्लाबाट बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले बैठकपछि सबैलाई बधाई ज्ञापन गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लाबाट संघीय संसदमा माधव सापकोटा सुबोध, बागमती प्रदेश सभामा युवराज दुलाल सरद, सरल सहयात्री पौडेल, प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर जिम्मेजारी सम्हालीरहेका छन् । यस्तै अमृता नेपाल प्रभा सिन्धुपाल्चोबाट बागमती प्रदेशमा समानुपातिक सदस्यका रुपमा जिम्मेवारीमा छिन् । जिल्लाका १२ पालिका मध्ये चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, जुगल गाउँपालिका र लिसंखु पाखर गाउँपालिकामा क्रमश: माओवादीका नेताहरु कृष्णप्रसाद सापकोटा देशबन्धु, गंगा बहादुर तामाङ प्रवेश, रेशम स्याङ्बो र राजु लामा माओवादीबाट नेतृत्वमा छन् ।
स्थानीय तहदेखि प्रेदश र संघीय संसदसम्म माओवादीको बाक्लो उपस्थिति हुँदासमेत जिल्ला पार्टीको गतिविधि, जिल्ला पार्टी निर्माण र जनताका जनजिविकासँग जोडिएका विषयको सम्बोधनबारे आन्तरिक रुपमै आवाज उठेपछि माओवादीले विस्तारित बैठकमा गम्भीरतापूर्वक छलफल गरेको जनाइएको छ ।