सुकुटेमा ८ औं पुरुष र ७ औं महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुने

सिन्धुपाल्चोकको पहिचान झल्काउने यो विशेष प्रतियोगिताले खेलकुदसँगै सुकुटे क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

१० माघ, काठमाडौं । आगामी माघ १ देखि ५ गतेसम्म सिन्धुपाल्चोकको सुकुटेमा ८ औं पुरुष र ७ औं महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुने भएको छ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघ, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले प्रतियोगिताको आयोजना सम्बन्धमा जानकारी गराएका हुन्।

प्रतियोगिताको संयोजन नेपाल भलिबल संघले गर्नेछ भने सुकुटेको पर्यटन प्रवर्द्धनका लागि सुकुटे बीचमा सांगीतिक कार्यक्रम पनि आयोजना गरिनेछ। प्रतियोगिताको तयारी र सहकार्य सुनिश्चित गर्न आज तीन संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

सिन्धुपाल्चोकको सुकुटेलाई नेपालकै प्रख्यात पर्यटकीय गन्तव्यका रूपमा लिइन्छ ।  यो प्रतियोगिताले थप चर्चा र प्रचार पाउने अपेक्षा गरिएको छ। आयोजकले प्रतियोगितालाई भव्य र सफल बनाउन सबै सरोकारवाला, खेलप्रेमी, राजनीतिकर्मी, जनप्रतिनिधि, स्थानीय क्लब, संघ–संस्थाहरूलाई साथ र सहयोगको अपिल गरेका छन्।

प्रतियोगिता सफल बनाउन सबै क्षेत्रका सहकार्य सुनिश्चित गरिने आयोजक सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र सिंह थापानले जानकारी दिए । सिन्धुपाल्चोकको पहिचान झल्काउने यो विशेष प्रतियोगिताले खेलकुदसँगै सुकुटे क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया