स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि मतदान जारी

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान जारी छ । बिहान ७:०० देखि सुरु भएको मतदान अपराह्न ५ : ०० बजेसम्म जारी रहने हुने निर्वाचन कार्यालयले जनाएको छ ।

१६ मंसिर, काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान जारी छ । बिहान ७:०० देखि सुरु भएको मतदान अपराह्न ५ : ०० बजेसम्म जारी रहने हुने निर्वाचन कार्यालयले जनाएको छ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न निर्वाचन आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया