२१ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा ‘सुबोध’ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
सिंहदरबारमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले हालको निर्वाचन प्रणाली अस्थिरताको मुख्य कारण भएको भन्दै संविधान संशोधनमार्फत प्रणाली सुधार गर्नुपर्नेमा जोड दिए।
उनले दलहरूबीच सहमति जुटाएर संसदमार्फत प्रक्रिया अघि बढाउन र सहमति नभएमा जनतामाझ गएर यो मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
सापकोटाले माओवादीले संविधान संशोधनमा स्पष्ट अडान राखे पनि सरकारको नेतृत्व गर्ने दलहरूले यसमा चासो नदेखाएको बताए। उनले अधिकार कटौती गर्न माओवादी सहमत नरहेको तर अग्रगमनका लागि हुने संविधान संशोधनमा तयार रहेको उल्लेख गरे।