

२७ मंसिर, सिन्धुपाल्चोक। नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाको नयाँ नेतृत्व चयनका लागि तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदका लागि दिनेश थापा, ध्रुब दंगाल र सिके चौलागाइले उम्मेदवारी दिएका छन्।
सत्ता गठबन्धनको समर्थनमा ध्रुब दंगालले उम्मेदवारी दर्ता गरेका छन् भने दिनेश थापा एमाले निकट प्रेस चौतारीको तर्फबाट विद्रोह गरेर चुनावी मैदानमा उत्रिएका छन्। त्यस्तै, कांग्रेस निकट प्रेस युनियनका तर्फबाट सिके चौलागाइले विद्रोह गरी उम्मेदवारी दिएका हुन्। यसअघि माओवादी निकट प्रेस सेन्टरका उम्मेदवारी दिएका टीका दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन अधिकृत अमित घिमिरेका अनुसार उपाध्यक्ष खुला पदका लागि विदुर गिरी र दीपक अर्याल, र उपाध्यक्ष महिला पदका लागि कमला तामाङ ‘अस्मि’ र कमला पाख्रीन तामाङबीच प्रतिस्पर्धा हुँदैछ। सचिव पदका लागि टिका सुबेदी र मणि सुन्दर कोइराला, समावेशी सचिवकालागि केशवप्रसाद अधिकारी र सञ्जय तामाङ उम्मेदवार रहेका छन्। सहसचिव खुला पदका लागि देवराज सुवेदी र विजय नेपालले उम्मेदवारी दिएका छन्। कोषाध्यक्ष पदमा दीपक खत्री र निरोज चौलागाईं प्रतिस्पर्धामा छन्। दलित सदस्य पदका लागि चन्द्रिका नेपाली र मोनिका विकले उम्मेदवारी दिएका छन्।
केन्द्रीय परिषद सदस्यको लागि चिन्तकुमार मिजार, ज्ञानेन्द्र तिमिल्सिना, डम्बर रसिक भारती, रामकृष्ण थापा र रामचन्द्र नेपाल उम्मेदवार रहेका छन्। उनीहरुमध्येबाट तीन जना निर्वाचित हुने छन् । सदस्य पदका लागि सात जनाको उम्मेदवारी परेको छ । जसमा अर्जुन शर्मा, किरण थापा, दिपिन ढुंगाना, निर्मल बस्नेत, प्रमिला विक, प्रीतमकुमार तामाङ, बुद्धिप्रसाद आचार्य, विपना तामाङ, सहदेव भण्डारी र सागर खड्का उम्मेदवार छन्।
सिन्धुपाल्चोक शाखाको यो निर्वाचनले जिल्लाका सञ्चार क्षेत्रका पेशागत गतिविधिहरूलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। गठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूबीचको यो प्रतिस्पर्धाले पत्रकारहरूको बीचमा नयाँ नेतृत्व चयन गर्न उत्साह थप्नेछ। महासंघको जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्व चयनका लागि मंसिर २८ गते शुक्रबार निर्वाचन हुने छ ।

