२ पुस , सिन्धुपाल्चोक – चौतारा अस्पताल सिन्धुपाल्चोकमा आँखा उपचार र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श सेवा सुरु भएको छ । चौतारामा एक कार्यक्रम बिच वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श कक्षको उद्घाटन गरे ।
पहिले रेफर सेन्टरको रुपमा चिनिँदै आएको अस्पतालमा अहिले राजधानीको असुबिधाजन्य स्पतालको झल्को दिने खालको बन्दै गएको छ । अस्पतालले गत असोजबाट डायलासिसको सेवा सुचारु गरेकोमा आजबाट आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श कक्ष सुरु गरी सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले बताए ।
कार्यक्रममा सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटाले चौतारा अस्पताल सुत्केरी र अन्य रोगका लागि रगत चाहिने विरामी र आफन्तहरुले समस्या भोग्नुपरेको प्रति आफु गम्भीर रहेको बताउदै ब्लड बैंक संचालनको लागि आवस्यक कर्मचारीको ब्यवस्थापन गर्न नगरपालिका तयार रहेको बताए ।