घिच्चे खोला झोलुङ्गे पुल उद्घाटन : विप्लुङ र खानीडाँडा जोडियो

झोलुङ्गे पुलको क्षेत्र नं सिन्धुपाल्चोक १ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद माधव सापकोटा 'सुबोध' र सोहि क्षेत्रको 'ख'बाट बागमती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सदस्य सरलसहयात्री पौडेल उद्घाटन गरेका हुन् ।

७ पुस, सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका वडा नं. १ को विप्लुङ र जुगल गाउँपालिका वडा नं. ६ को खानीडाँडा जोड्ने घिच्चे खोला झोलुङ्गे पुलको उद्घाटन गरिएको छ।
झोलुङ्गे पुलको क्षेत्र नं सिन्धुपाल्चोक १ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद माधव सापकोटा ‘सुबोध’ र सोहि क्षेत्रको ‘ख’बाट बागमती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सदस्य सरलसहयात्री पौडेल उद्घाटन गरेका हुन् । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, बलेफी र जुगल गाउँपालिकाका अध्यक्षहरुलगायत विशिष्ट अतिथिहरुको उपस्थिति थियो । उनीहरु नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु हुन् ।
यो पुलको निर्माणपछि स्थानिय बासिन्दाहरूको दैनिक जीवनमा उल्लेखनीय परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। स्थानीयको आवतजावतका लागि सहज बनेको पुलले शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिहरूमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। पुल उद्घाटन समारोहमा स्थानीयहरूको ठूलो उत्साह देखिएको थियो। उनीहरूले विकासको यो उपलब्धिलाई आफ्नो जीवनस्तर उकास्ने अवसरका रूपमा लिँदै जनप्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया