१२ पुस, सिन्धुपाल्चोक । संसदको प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले आज जिल्लाको सुकुटेमा विरोध सभा गर्ने भएको छ। भ्रस्टाचार र सरकारी बेथितिको बिरुद्ध आयोजना गरिएको यो विरोध सभामा पार्टीका केन्द्रीय र स्थानीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि एवं बक्तामा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा रहेका छन् । यस्तै प्रमुख वक्ताहरुमा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु माधव सापकोटा सुबोध, युवराज दुलाल, शरद । बागमती प्रदेश अध्यक्ष समेत रहेका सरल सहयात्री पौडेल रहेका छन् । सिन्धुपाल्चोकका तीन युवा नेताले सम्बोधन गर्ने सभालाई महत्वका साथ हेरिएको छ ।
विरोध सभा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटे बजारमा बिहान ११ बजेबाट सुरु हुने माओवादी केन्द्रले जानकारी दिएको छ।
पार्टीले ‘भ्रस्टाचार र सरकारी बेथितिको विरुद्ध खबरदारी सभा’ शीर्षकमा आयोजना गरेको यस कार्यक्रमलाई देशव्यापी आन्दोलनको हिस्साका रूपमा लिएको छ।