चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाडौंबासी सडकमा निस्किए

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा चीनको सिगात्सेबाट ३५ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

२३ पुस, काठमाडौं । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा चीनको सिगात्सेबाट ३५ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको धक्का काठमाडौंसहित नेपालका विभिन्न स्थानमा महसुस गरिएको छ।

बिहानै काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएपछि स्थानीयवासी होहल्ला गर्दै घरबाहिर निस्किएका थिए। लामो समयपछि यति ठूलो धक्का महसुस भएकाले मानिसहरूमा त्रास देखिएको थियो। यस घटनाले २०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पलाई सम्झाइदिएको छ।

भूकम्पका कारण चीनको सिगात्से क्षेत्र र आसपास बढी प्रभावित भएको अनुमान गरिएको छ। तर, हालसम्म नेपालमा कुनै ठूलो क्षति वा जनधनको हानी भएको विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायहरूले भूकम्पपछिको अवस्थाबारे थप जानकारी संकलन गर्न थालेका छन्।

प्रतिक्रिया