गतिशिल लोकतान्त्रिक वातावरणको मुख्य पात्र राजनैतिक दलहरु र तिनका भातृ संगठनहरु हुन् जनताका आसा अपेक्षा बोकेर जनताकै पक्षमा निरन्तर अघि बढिरहनु यिनको मुख्य कार्य हुन जान्छ । मुख्यत : मतदाता भेटघाट गर्ने, संवाद गर्ने, सार्वजनिक सरोकारको अपेक्षाको व्यवस्थापन गर्ने, कोष संचालन गर्ने, विधायकि व्यवस्थाको कार्यान्वयन गर्ने जस्ता कामको अपेक्षा राजनैतिक दल र तिनका भातृ संगठनबाट गरीन्छ।
आफ्नो संगठनले नैतिक समर्थन गरेको दलको, सहि नीति तथा कार्यक्रमको समर्थन, प्रचारप्रसार तथा कार्यन्वयन एवं गलत नीति तथा कार्यक्रमको रचनात्मक सुझाव दिने कार्य भातृ संगठनको थप जिम्मेवारि हुन्छ। दलहरुले उपलब्ध अवसरमार्फत अधिक भन्दा अधिक सफलता हात पार्न आफ्ना कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनसमुदायको अस्तित्वको रक्षा गर्न सदैव सकारात्मक र रचनात्मक रहनुपर्दछ ।यदि त्यसो गर्न नसकेमा गतिशिल समयको वहाव र परिवर्तनशिल समाजको धारलाइ धान्न नसकेर स्वभाविक रुपमा पछाडी पर्दछन् र जनताको अपेक्षालाई पुरागर्न तथा आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैनन् । अन्तत रुप र गुण दुबै तिर खुम्चन पुग्दछन ।
खासगरिकन हरेक पार्टि भित्र हुने लोकतान्त्रिक अभ्यासको संस्कृतिले, लोकतान्त्रिक पद्दतिले, पार्टि नेता कार्यकर्ताको पारदर्शिता, जवाफदेहिताका साथै समावेशि नीति नियम, संगठन र सांगठानिक प्रक्रियाले पार्टीको आवरण चित्रण गर्छ। पार्टीका हरेक कमिटि र भातृ संगठनहरुले बनाएका नीति नियम, सांगठानिक योजना सफल कार्यान्वयन भएको खण्डमा लक्षित समुदायसम्म पुग्न र आसा पुरा गर्न सक्छ साथै पार्टीले समय अनुकुल वास्तविक फाइदा लिदै सफलता हाँसिल गर्न पनि सक्दछ । मुलत: पारदर्शिता जवाफदेहिता र समावेशितालाई आत्मसाथ गर्ने राजनैतिक पार्टिहरु सबै भन्दा अब्बल र प्रभावकारी रुपमा सन्चालित हुन्छन यसरी आन्तरीक रुपमा सफलता हासिल गरेका पार्टीहरुले विभिन्न स्रोत र साधनहरु माथि आफ्नो सहज पहूच कायम राख्न सक्दछन र जनताको पहुचमा आफ्नो पार्टीलाई पुर्याउछन ।विभिन्न तहका कर्मचारी एवं स्वयंसेवकहरुलाई समेत पार्टी र पार्टीको कार्यदिशाप्रति आकर्शित गर्दै, पार्टीको कार्यदिशामा पार्टीको पक्षमा समर्थन विस्तार गर्दै, आम अनसमर्थन प्राप्त गर्दै अन्तत प्रत्येक निर्वाचनमा सफलता हाँसिल गर्न सहयोग गर्छ उत्कृष्ट नतिजा ल्याउन सफल हुन्छन।
आफ्ना पार्टी कार्यकर्तालाई विभिन्न गतिविधका साथै निर्णय प्रक्रियामा समेत विना संकोच सहभागी गराउनु नै आन्तरीक लोकतन्त्रको संस्कृति, सौन्दर्य हो । आफ्नो पार्टी कार्यकर्तापंक्ति भित्र रहेको आर्थिक, सामाजिक, वौद्धिक, सम्पत्तिको संकलन गर्न नसकेर आर्जन गर्न खोज्दा कतिपय अवस्थामा, धेरै सवालहरुमा निर्णायक क्षणमा, पार्टी संगठनलाई ठूलै नोक्सान परेको छ । पार्टिका दोस्रो पुस्ताका नेताहरुले गंभिर भएर सोच्नुपर्ने बेला भएको छ कतै भूइको टिप्न खोज्दा पोल्टाको पोखिएको त छैन ।
निर्मम आत्म समिक्षा गर्न सक्ने कि नसक्ने ?
यदि आन्तरिक संगठनलाई मजबुत गरेर आफ्नो मतको रक्षा गर्दै बाहिरबाट पनि मत संकलन मत संकलन गर्ने तर्फ योजना बनाइएन भने सफलता हाँसिल गर्न सक्दैन । आर्जित सल्लाह सुझाव र निगरानिमा रहेर बनाएका कार्यक्रमहरु यथार्थपरक र उद्देश्यमुलक हुन नसेकेका कयौ उदाहरणहरु छन। पार्टिका दोस्रा पुस्ताका नेताहरु आफ्नै दुनो सोज्याउने तिर लाग्ने होइन मूल नेतृत्वको वरिपरि गोलबन्द हुन जरुरि छ,क्रियाशिल हुन जरुरि छ । क्रियाशिल पार्टीको सक्रिय कार्यकर्ताहरु, नीति कार्यक्रम, नियम र प्रक्रियाबारे जानकार रहिरहनाले, प्रशिक्षक, संगठनकर्ता र आवश्यक पर्दा दाताको भूमिकामा समेत सक्रिय र सफल रुपमा अग्रसर रहन सक्छन, कुनै कुराको संकट पर्ने छैन । उनिहरुनै पार्टीका हरेक हिसावका आन्तरीक स्रोत हुन जव पार्टीले आफ्ना नेता कार्यकर्ता र पार्टी सदस्यहरुलाई कुनै न कुनै तरीकाले क्रियाशिल राख्दछ सहि परिचालन गर्दछ तव उनिहरुले मतदातालाई क्रियाशिल राख्दछन् र उनिहरुसंग बलियो सम्बन्ध स्थापित गर्दछन ।यो नै पार्टि र जनताबिचको चेन अफ कमाणड हो ।नेताले नीतिलाई, कार्यकर्ताले पार्टिलाई, तल्लो कमिटिले माथिल्लो कमिटिलाई विश्वास गर्न सक्नुको मुख्य आधार पार्टीभित्रको आन्तरीक लोकतान्त्रिक संस्कृतिको अभ्यास हो । यदी पार्टीभित्रको आन्तरीक लोकतान्त्रिक संस्कृति सहि छ पारदर्शि जवाफदेहि र समावेशी छ मुख्य नेतृत्वको वरिपरि नेताकार्यकर्ता गोलबन्द छन भने र पार्टी कार्यकर्ता क्रियाशिल छन् भने जनताले पूर्ण रुपमा विश्वास गर्छन् साथ र सहयोग अवश्य दिन्छन् र दिएको इतिहास पनि छ।
२०६४ को निर्वाचनको सेरोफेरोमा पार्टी, नेता, कार्यकर्ता, पार्टी सदस्य र जनता सबै सक्रीय थिए पार्टी कुनै न कुनै काममा जनतासंग एकाकार थियो । तसर्थ नै पार्टीलाई जनताले विश्वास गरेर सफलतामा पुर्याएका थिए । हाम्रो निस्क्रियताका कारण पार्टिप्रतिको विश्वास घट्दै गयो र पछिल्लो निर्वाचनहरु शिथिल हुदै गए यसो हुनुमा कतै न कतै पार्टिको दोस्रो पुस्ता निस्क्रय भएको त छैन ? यो कुरा छातिमा हात राखेर स्विकार्न सक्नेकि नसक्ने निर्मम आत्म समिक्षा गर्नेकि नगर्ने ? आफु सक्रिय हुने र पार्टिको मूल नेतृत्वलाई हरतरहले सहयोग गर्नु दोस्रा पुस्ताका नेतृत्वहरुको कर्तव्य हो कि होइन ?। पार्टि कार्यकर्ता जनता आम समर्थक सुभचिन्तकले के आसा गर्ने ? यो आजको गम्भिर प्रश्न हो । यो प्रश्नको उत्तर दिन तयार हुनु भनेको पार्टीलाई जिवित बनाउनु हो । आन्तरिक शक्ति चिन्नु र सहि तरिकाले संगठनको परिचालन गर्नु मुख्य नेतृत्वलाई एकजुट भएर सहयोग गर्नु र पार्टि कार्यक्रमलाइ समयमै पुरा गर्नु नै अहिलेको कार्यभार हो ।