१० माघ, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा श्री कालिका देवी माध्यमिक विद्यालय, देविडाँडाको ४४ औं वार्षिकोत्सव तथा ४३ औं भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोह सम्पन्न भएको छ।
समारोहमा विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नगरप्रमुख सापकोटाले शिक्षाको महत्वबारे आफू सजक रहेको बताए ।
यसैबिच नेकपा माओवादीका युवा नेता एवं स्थानीय टोप नाथ सापकोटा (टिएन) ले आफ्ना दिवङत पिता मेघनाथ सापकोटाको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । उक्त अक्षयकोषमा रु. १ लाख १ हजार १ सय १ (एक लाख एक हजार एक सय एक) जम्मा गरी हरेक वर्ष जेहेन्दार, गरिब र विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने निर्णय गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा भूतपूर्व विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीबाट विद्यालयको शैक्षिक क्षेत्रमा थप योगदान पुर्याउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको छ।