माओवादी जुगलको अध्यक्षमा तुलानाथ घिमिरे सर्वसम्मत

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जुगल गाउँपालिकाको तेस्रो सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ।

२१ माघ, सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जुगल गाउँपालिकाको तेस्रो सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै तुलानाथ घिमिरेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उपाध्यक्षहरूमा जग बहादुर तामाङ, इन्द्र सिलवाल, र क्रान्ति लामा योन्जन चयन भएका छन्। सचिवमा फुलकाजी स्याङ्बो, सह-सचिवमा मिन ब. श्रेष्ठ, र कोषाध्यक्षमा, कृष्ण बहादुर तामाङ चयन भएका छन्।
अनुशासन समिति प्रमुखमा मोहन श्रेष्ठ, लेखा समिति प्रमुखमा,चिनलाल श्रेष्ठ र निर्वाचन समिति प्रमुखमा दिप बहादुर थापा चयन भएका छन्। यसका साथै, सम्मेलनले ४१ सदस्यीय कार्यसमिति चयन गरेको छ। नेताहरुले नवगठित कार्यसमितिलाई सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन ।

प्रतिक्रिया