सिन्धुका स्थानीय तह कार्यसम्पादन मूल्यांकन: बलेफी प्रथम

मूल्यांकनमा बलेफी गाउँपालिका पहिलो स्थानमा दर्ज भएकाे छ । चौतारा साँगाचोकगढी नगरपालिका दोस्रो स्थानमा छ ।

फागुन २, सिन्धुपाल्चोक । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरेको छ । मूल्यांकनमा बलेफी गाउँपालिका पहिलो स्थानमा दर्ज भएकाे छ । चौतारा साँगाचोकगढी नगरपालिका दोस्रो स्थानमा छ । आयोगले स्थानीय तहहरूको सेवा प्रवाह, पूर्वाधार विकास, आर्थिक पारदर्शिता, नीति कार्यान्वयन र समग्र प्रशासनिक कार्यसम्पादनका आधारमा मूल्यांकन गरेको हो।

यस मूल्यांकनमा बलेफी गाउँपालिकाले ६७.२ अङ्क हासिल गर्दै पहिलो स्थान सुरक्षित गरेको छ। चौतारा साँगाचोकगढी नगरपालिकाले ६६.६ अङ्क प्राप्त गर्दै दोस्रो स्थान ओगटेको छ भने लिसंखुपाखर गाउँपालिकाले ६५.७ अङ्क प्राप्त गरेको छ। अन्य स्थानीय तहहरू मध्ये मेलम्ची नगरपालिकाले ६३.०, बाह्रबिसे नगरपालिकाले ५८.८, जुगल गाउँपालिकाले ५५.४, पाँचपोखरी थाङपाल गाउँपालिकाले ४९.१, भोटेकोशी गाउँपालिकाले ५५.५, हेलम्बु गाउँपालिकाले ५५.६, त्रिपुरासुन्दरी गाउँपालिकाले ५५.४ र सुनकोशी गाउँपालिकाले ६४.७ अङ्क प्राप्त गरेका छन्।

स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनले प्रशासनिक सुधारको आधार तयार गर्नुका साथै स्रोत व्यवस्थापन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास गरिएको छ। मूल्यांकनमा उच्च स्थान हासिल गर्ने स्थानीय तहहरूले आगामी विकास योजनाहरू कार्यान्वयन गर्न थप ऊर्जा प्राप्त गर्नेछन् भने अन्य तहहरूका लागि पनि सुधारको अवसर सिर्जना हुनेछ। यसले सिन्धुपाल्चोकका स्थानीय तहहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया