६ फागुन, सिन्धुपाल्चोक। प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको पाँचौं अधिवेशन सिन्धुपाल्चोकको चर्चित पर्यटकीय क्षेत्र सुकुटेमा सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले अधिवेशनको उद्घाटन गरेका थिए।
अधिवेशनले ध्रुव अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्ष (खुला) मा राजन अधिकारी, उपाध्यक्ष (समावेशी) मा गौतम जिरेल, उपाध्यक्ष (महिला) मा अन्जली तामाङ चयन भएका छन्। महासचिव नवीन श्रेष्ठ चयन भएका छन् भने सचिवहरूमा सुमन गैरे, मणि सुन्दर कोइराला (खुला), रोजन तामाङ (जनजाति), भावना रिजाल (महिला) र गम्भीर विक (दलित) चयन भएका छन्। कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन भएका छन् भने लेखा संयोजक बाल गोविन्द न्यौपाने र अनुशासन संयोजक मिना श्रेष्ठ चयन भएका छन्।
प्रेस सेन्टर नेपालले आगामी चैत दोस्रो सातामा केन्द्रीय अधिवेशन तय गरेको छ। सोही तयारीअन्तर्गत पालिका, जिल्ला हुँदै प्रदेशस्तरीय सम्मेलनहरू सम्पन्न गर्ने क्रम जारी छ। अधिवेशनले प्रेस स्वतन्त्रता, पत्रकारहरूको हकहित संरक्षण तथा सञ्चार क्षेत्रको सशक्तीकरणका लागि प्रेस सेन्टरको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।