२३ चैत, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्रिपुरासुन्दरी गाउँपालिकाको तेस्रो सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका–३, दावी धुस्कुनमा सम्पन्न सम्मेलनले रामकाजी श्रेष्ठको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नवगठित कार्यसमितिमा अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा बविता श्रेष्ठ ‘चाँदनी’, शेर बहादुर थामी ‘शीतल’ र सुन्दर पहरी चयन भएका छन्। त्यसैगरी, सिता श्रेष्ठ सचिव, हरेराम तिमल्सिना सह–सचिव, निरबहादुर श्रेष्ठ कोषाध्यक्ष, कुमार श्रेष्ठ अनुशासन समिति प्रमुख, मोहन कपाली लेखा समिति प्रमुख, रामप्रसाद पौडेल निर्वाचन समिति प्रमुख र ऋषिराम सापकोटा सल्लाहकार समिति संयोजकमा चयन भएका छन्। विभिन्न जिम्मेवारीसहित अन्य सदस्यहरू समावेश रहेको ४१ सदस्यीय पूर्ण कार्यसमिति चयन गरिएको हो।
सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य तथा क्षेत्र नं १ का सांसद माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य अमृता नेपाल, नेताहरु प्रेम सापकाेटा, टिएन सापकोटा, चन्द्र सापकोटा लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामालगायत नेताहरूको विशेष उपस्थिति रहेको थियो।
सम्मेलनको उद्घाटन सत्रमा नेताहरूले पार्टीलाई जनमुखी, जिम्मेवार र सशक्त बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । स्थानीय तहमा पार्टी संगठन सुदृढ पार्दै जनतासँगको प्रत्यक्ष सम्बन्ध विस्तारको आश्यकतामा नेताहरुको जोड थियो । सम्मेलनमा पार्टीको सांगठनिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र आगामी कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले त्रिपुरासुन्दरी गाउँपालिकाभित्र माओवादी संगठनलाई अझ मजबुत बनाउँदै जनताको समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका थिए सम्मेलनमा त्रिपुरासुन्दरी गाउँपालिकामा माओवादी संगठनको भूमिका थप प्रभावकारी र परिणाममुखी हुने विश्वास व्यक्त गरिएको छ ।