४ वैशाख, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–६ नम्बर वडाको तेस्रो वडा सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।
सम्मेलनबाट महेन्द्र तामाङको अध्यक्षतामा २९ सदस्यीय नयाँ वडा समिति निर्वाचित गरिएको छ। समितिका उपाध्यक्षहरूमा कुलबहादुर तामाङ, शम्भु तामाङ र दोर्जे शेर्पा चयन भएका छन्। सचिवमा मिङ्मार तामाङ, सह–सचिवमा सन्चमाया तामाङ तथा कोषाध्यक्षमा सुस्मिता सेवा चयन भएकी छन्।
सम्मेलन समारोहमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश अध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्री पौडेल, फ्याक्सन इन्चार्ज टिएन सापकोटा, चन्द्र सापकोटा, बाह्रबिसे इन्चार्ज भीम पराजुली, अध्यक्ष इन्द्रजित तिमल्सिना लगायतका नेताहरूको उपस्थितिमा सम्पन्न भएको सम्मेलनमा एक हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी थिए।
नेताहरूले सम्मेलनमार्फत संगठन सुदृढीकरण, जनसमस्याहरूको समाधान र वैचारिक प्रशिक्षणलाई प्राथमिकतामा राख्दै पार्टीलाई थप सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले माओवादी आन्दोलनप्रतिको देशव्यापी आकर्षण अझ बढ्दै गएको उल्लेख गर्दै स्थानीय तहमा संगठन विस्तार र सुदृढीकरणको खाँचो औंल्याए। कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्रसहित बधाई र शुभकामना प्रदान गरिएको थियो।