वाइसिएल सिन्धुपाल्चोकको पाँचौँ जिल्ला सम्मेलन चौतारामा, ‘अनन्त’ प्रमुख अतिथि

युवा कम्युनिस्ट लिग (वाईसिएल), नेपाल, जिल्ला समिति सिन्धुपाल्चोकको आयोजनामा पाँचौँ ऐतिहासिक जिल्ला सम्मेलन आज चौतारामा हुने भएको छ।

११ वैशाख, सिन्धुपाल्चोक । युवा कम्युनिस्ट लिग (वाईसिएल), नेपाल, जिल्ला समिति सिन्धुपाल्चोकको आयोजनामा पाँचौँ ऐतिहासिक जिल्ला सम्मेलन आज चौतारामा हुने भएको छ।

“उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलन ! सुशासन, समृद्धि, सामाजिक न्याय र समाजवादको पक्षमा जिल्ला सम्मेलन !!” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उप–महासचिव वर्षमान पुन ‘अनन्त’ प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

यस अवसरमा वाईसिएल नेपालले जिल्लाका सम्पूर्ण युवाहरू, पार्टी कार्यकर्ता, शुभेच्छुक तथा जनसमुदायलाई सम्मेलनमा गौरवपूर्ण उपस्थिति जनाउन निमन्त्रणा गरेको छ। सम्मेलनको कार्यक्रम बिहान ११:०० बजे देखि सुरु हुने र त्यसमा युवाको राजनीतिक, आर्थिक, सामाजिक भूमिका, सशक्त संगठन निर्माण, नेतृत्व विकास तथा आगामी कार्यक्रमहरूबारे रणनीतिक छलफल हुने आयोजकले जानकारी दिएका छन्। सम्मेलनलाई सङ्गठित युवा आन्दोलनको नयाँ मोडका रूपमा लिइएको र जिल्लामा वाईसिएलको भूमिका अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया