सिन्धुपाल्चोक वाइसिएल अध्यक्षमा पुन: दुर्गा काफ्ले ‘सुमीत’

नेकपा माओवादी केन्द्रको सशक्त युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) सिन्धुपाल्चोकको अध्यक्षमा पुनः दुर्गा काफ्ले (सुमित) निर्वाचित भएका छन्।

१२ वैशाख, सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रको सशक्त युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) सिन्धुपाल्चोकको अध्यक्षमा पुनः दुर्गा काफ्ले (सुमित) निर्वाचित भएका छन्।

वैशाख ११ गते राति सम्पन्न पाँचौं जिल्ला सम्मेलनबाट उनी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्। भव्य रूपमा सम्पन्न भएको उक्त सम्मेलनले संगठनको आगामी कार्यदिशा तय गर्दै नयाँ नेतृत्व चयन गरेको छ। सम्मेलनबाट उपाध्यक्षमा प्रकाश घिमिरे, राजेन्द्र सिलवाल र मेनुका कटुवाल चयन भएका छन् भने सचिवमा मिलन लामा निर्वाचित भएका छन्। सह-सचिवमा लक्ष्मण श्रेष्ठ, नरेश रोक्का, विश्वराम गुरागाईं, विशाल तामाङ, सन्तोषी कार्की र शिवशरण पुरी चयन भएका छन्। यस्तै, कोषाध्यक्षमा सुरेन्द्र श्रेष्ठ चयन भएका छन्।

नव-निर्वाचित सम्पूर्ण पदाधिकारी र कार्यसमितिलाई पार्टी कार्यकर्ताहरू तथा शुभेच्छुकहरूले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नयाँ नेतृत्वले संगठनलाई थप सबल, सशक्त र गतिशील बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया