


४.०० जिपिए ल्याउनेमा बलेफी गाउँपालिका अन्तर्गत बालशिक्षा माध्यमिक विद्यालय, खाडिचौरका मेहोन्दो तामाङ, स्मृति नेपाल, सुवेक्षा श्रेष्ठ तथा लिसंखुपाखर गाउँपालिकाको रमादेवी माविका फुर्साङ तामाङ रहेका छन्। सांसद सापकोटाले आफ्नो निर्वाचनका बेला जनतालाई दिएको वाचा अनुसार शैक्षिक र सामाजिक विकासका कार्यक्रमहरू अघि बढाइएको जनाउँदै, सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पनि समान अवसर प्रदान गरिएको बताए। साथै, सबै विद्यालयमा “नमुना संसद अभ्यास कार्यक्रम” सञ्चालन गरिने घोषणा गरे।

कार्यक्रमका विशेष अतिथि प्रदेश सांसद पौडेलले विद्यार्थीहरूलाई कक्षा १२ मा पनि उत्तिकै मेहनत गर्न सुझाउँदै, “एक विद्यार्थी, एक विरुवा” कार्यक्रममार्फत हरियाली अभियानमा संलग्न हुन आग्रह गरे। सांसद नेपाले सबैलाई शुभकामना दिंदै रुचिको क्षेत्रमा लाग्न सुझाव दिइन । प्राध्यापक विष्णु ज्ञवालीले विद्यार्थीहरूलाई अंकको पछि नलागी आफ्नै रुचि र क्षमता अनुसार विषय छनोट गर्न र सामाजिक दबाबमा नपर्न सुझाव दिए। तनाव मुक्त अध्ययनको महत्त्वबारे पनि उनले प्रकाश पारे।

सोही अवसरमा जिल्लाको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने रेवती सापकोटा, राजेन्द्र शर्मा, नानीमैया थापा, ध्रुब दंगाल, महेन्द्र बहादुर थापालगायत विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो। जिल्ला शिक्षा समन्वय इकाईका पूर्वप्रमुख कृष्ण सुवेदीलाई प्रतिनिधि सभा क्षेत्र नं १ को “शैक्षिक सल्लाहकार” को रुपमा घोषणा गरी सम्मान गरिएको थियो।

कार्यक्रमकाे अध्यक्षता चौतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले गरेरका थिए भने सन्चालन जुगल गाउँपालिका प्रमुख रेशम स्याङ्बोले गरे । बलेफी गाउँपालिका प्रमुख गंगा बहादुर तामाङ प्रबेशले स्वागत तथा लिसंखु पाखर गाउँपालिका प्रमुख राजु लामाले शुभकामना व्यक्त गरे । कार्यक्रममा उपस्थित शिक्षक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं विद्यालयका प्रधानाध्यापकहरुले क्षेत्रका सांसदहरुले गरेको उत्प्रेरणामुलक कार्यले उत्साहित बनाएको प्रतिक्रिया दिए । सम्मानित विद्यार्थीले खुसी व्यक्त गर्दै धन्यवाद आभार व्यक्त गरे ।


