संघ र प्रदेशको रकम कटौती भएपछि चौतारा साँगाचोकगढी नगरपालिकामा भुक्तानीमा समस्या

चौतारा साँगाचोकगढी नगरपालिकामा अनुदान र राजस्व बाँडफाँडको रकम कटौति गरिदिएपछि बिभिन्न योजनाको रकम भुक्तनीमा समस्या सिर्जना भएको छ ।

२६ असार, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा अनुदान र राजस्व बाँडफाँडको रकम कटौति गरिदिएपछि बिभिन्न योजनाको रकम भुक्तनीमा समस्या सिर्जना भएको छ ।

संघको समानिकरण अनुदानमा ९१ प्रतिशत र प्रदेश सरकारले राजस्व बाँडफाँडबाट पाउनुपर्ने रकमको ७७ प्रतिशतमात्र रकम पाएपछि रकम भुक्तानी गर्न सकस भएको छ । चलु आर्थिक बर्षको रकम भुक्तानी गर्ने अन्तिम दिनको अघिल्लो दिनसम्म आईपुग्दा उत्पन्न स्थितीको कारण नगरबासीले समस्या झेल्नुपरेको छ । अन्तिम क्षणमा आएर संघ र प्रदेश सरकारको भार आफुले बहन गर्नुपर्ने भएपछि नगरपालिकाले समस्यामा परेको छ ।

नगरपालिकाले संघ र प्रदेशबाट पाउने रकमको आधारमा आफुहरुले योजनाहरुको लागि बजेट बिनियोजन गर्ने गरेको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताए । नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख रामप्रसाद आचार्यका अनुसार चालु खर्चको ८६।१४ प्रतिशत खर्च भएको र पूँजीगत ८५।८२ प्रतिशत खर्च खर्च गरिसकेको छ । । कुल १ अर्व २४ करोड बजेटमा १ अर्ब १६ करोड खर्च भएको छ । यसरी कुल ९१ प्रतिशत बितीय प्रगती हासिल गरिसकको नगरपालिकाले जनाएको छ, कतिपय सम्झौता भएका योजनाहरुको रकम समेत भुक्तानी गर्न नसक्दा नगरले संघ र प्रदेश सरकारले सिर्जना गरेको समस्या झेल्नुपरेको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले बताए ।

प्रतिक्रिया