

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्रीको सिफारिसमा आज भदौ २७ गते राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरेका छन् । यो प्रतिनिधि सभाका लागि २०७९ मंसिर ४ गते चुनाव भएको थियो भने २०७९ मंसिर ६ गते सपथ भएको थियो । नयाँ प्रतिनिधि सभाका लागि आगामी फागुन २१ गते विहीबारका दिन मिति तोकिएको छ ।

