

२७ भदौ काठमाडौ । नेकपा माओवादी केन्द्रले संसद विघटनप्रति गम्भीर असहमती जाहेर गरेको छ ।
जेनजिको माग सम्बोधन गर्ने क्रममा आज अबेर वर्तमान प्रतिनिधि सभा विघटन गरी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउने सहमती जुटेको थियो । पात्र कार्कीको विषयमा माओवादीकाे सहमती भएपनि प्रक्रियाबारे असमत हुन नसकेकाे माओवादीका नेताहरुको भनाई छ । शुक्रबार प्रधानमन्त्रीका रुपमा कार्कीले सपथ लिए लगत्तै माओवादीका उपाध्यक्ष एवं पंवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै पार्टीको असहमती बारे जानकारी दिएका हुन् । पार्टीका पदाधिकारीकाे भर्चुअल बैठकले उक्त निष्कर्ष निकालेको सापकोटाले जानकारी दिए ।
यसैविच नेपाल बार एसोसिएसनले पनि संसद विघटनको विरोध गरेको छ ।

