

३० असोज । काठमाडौं । फागनु २१ गते चुनाब गराउने एकमात्रै कार्यादेश लिएर गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले । नियुक्ति नियुक्ति पाएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो।
यसरी फिर्ता बोलाइएकाहरुमा चीनका राजदूत कृष्णप्रसाद ओली, अमेरिकाका लोकदर्शन रेग्मी, बेलायतका चन्द्रकुमार घिमिरे, जापानका डा. दुर्गाबहादुर सुवेदी, जर्मनी डा. शैल रूपाखेती, इजरायलका डा. धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशबिक्रम ढकाल, स्पेनका सनिश नेपाल छन् । उनीहरुलाई २० कात्तिकभित्र देश फर्कन निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। परराष्ट्र सेवाबाट नियुक्त भएका राजदूतहरूलाई भने फिर्ता बोलाइएको छैन ।

