बलेफीमा मापदण्ड विपरितका घर टहरा हटाउने सहमतीपछि सडक विस्तार सुरु

जिल्लाको बलेफी बजारबाट सुरु हुने 'बलेफी जलबिरे तेम्बाथान' बैकल्पिक राष्ट्रिय राजमार्गको सुरु बिन्दु बलेफी बजारको सडक मापदण्ड अनुसार भत्काउन आवस्यक घर टहरा ब्यबस्थापन कार्यमा सहमती जुटेको छ ।

१३ मंसिर, सिन्धुपाल्चोक । जिल्लाको बलेफी बजारबाट सुरु हुने ‘बलेफी जलबिरे तेम्बाथान’ बैकल्पिक राष्ट्रिय राजमार्गको सुरु बिन्दु बलेफी बजारको सडक मापदण्ड अनुसार भत्काउन आवस्यक घर टहरा ब्यबस्थापन कार्यमा सहमती जुटेको छ । स्थानीय बासिन्दा, बलेफी गाउँपालिका, वडा नं ५, सडक डिभिजन कार्यालय चरिकोट र निर्माण कसम्पनीबिचको छलफलमा सहमती जुटेपछि बाटो विस्तारको काम सुरु भएको छ । बलेफी गाउँपालिकाले यस अघि सहतीका लागि गरेको पटक पटकको प्रयास पछि बुधबार सहमती भएको पालिका अध्यक्ष गंगा बहादुर तामाङले जानकारी दिए ।

बलेफी बजार छिर्ने विन्दुदेखि ७ वटा टहरा र पक्कि घरहरुमा समेत ९ मिटर कायम गरी विस्तारको सहमती भएको अध्यक्ष तामाङले बताए । सहमती अनुसार निर्माण पक्षले मापदण्ड अनुसार घट टहरा भत्काउने र बनाउन काम गर्ने छ । यसका स्थानीयले अबरोध गर्दै छैनन् । बलेफी गाउँपालिका वडा नं ५ का कार्यबाहक अध्यक्ष नारायण खड्काले लामो समयदेखि रोकिएको बाटो विस्तारको गाँठो फुकाउन महत्वपूर्ण काम भएको सुनाए । स्थानीयले पहिले सडक विभागले भत्काउन मात्रै आदेश दिएको तर यसपाली भत्काउने र बनाउने समेत जिम्मेवारी लिएकोले सहमती बनेको सुनाए ।

बाटो विस्तारको काम हुन नपाउँदा कालोपत्रेको काम समेत रोकिएको छ । यो काम सकिपछि कालोपत्रेको काम सुरु हुने सडक विभागले जनाएको छ ।

प्रतिक्रिया