

१३ पुस सिन्धुपाल्चोक । बलेफी गाउँपालिका स्तरीय साताैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ काे उपाधि श्री बाल शिक्षा मावि खाडीचाैरले हात पारेको छ ।
बालि शिक्षा माविको प्राङ्गण र बसन्तपुर खेलमैदान लामाेसाँघुमा यही पुस ११ र १२ गते भएको प्रतियोगितामा श्री आनन्द माध्यमिक विद्यालय जलविरेले दाेस्राे र श्री ग्रिनल्याण्ड सेकेन्डरी बाेर्डिङ्ग स्कुल लामाेसाँघुले तेस्रो स्थानमा चित्त बुझाए । बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङबाट उद्घाटित प्रतियोगिता सामाजिक विकास संयाेजक एवं वडा नं.८ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठकाे अध्यक्षतामा भएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको खेल महाेत्सवमा विजेता बिद्यालय तथा खेलाडीहरुलाई प्रमुख अतिथि पालिका अध्यक्ष तामाङ र प्रमुख प्रशासकीय अधिकृत हाेम बहादुर राउतले ट्रफी, मेडल र मायाकाे चिनाे वितरण गरेका थिए । बलेफी स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बाल शिक्षा माविको यो लगातार दास्राे जित हो । गत वर्षको उपाधि पनि बाल शिक्षा माविले नै जितेको थियो ।

तस्बिर राजिब हमाल

