गगन विश्वले मसक्कै आँट्दा सफल हुदै कांग्रेसको विशेष महाधिवेशन

महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले मसक्कै आँट्दा काँग्रेसको विशेष महाधिवेशन सफलता उन्मुख बनेको छ ।

२७ पुस, काठमाडौं । महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले मसक्कै आँट्दा काँग्रेसको विशेष महाधिवेशन सफलता उन्मुख बनेको छ ।

आइतबार भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रमा २ हजार ६ सय ६२ प्रतिनिधिको नाम दर्ता भएको छ । दोस्रो विशेष महाधिवेशनको पहिलो दिन २६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरेको आयोजकले प्रेस नोट मार्फत जानकारी दिएका छन्। दोस्रो विशेष महाधिवेशन सचिवालयको तर्फबाट जारी विज्ञप्तिअनुसार आइतबार साँझसम्ममा जम्मा २ हजार ६ सय ६२ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका हुन्।
कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ र भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ जनाले हस्ताक्षर गरेका छन्।

कांग्रेसमा यस अघिको महाधिवेशनमा कुल महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७ सय ४३ रहेको थियो । २६६२ यसको ६२ हुन जान्छ । चालिस प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन डाक्न मिल्ने प्रावधान छ ।

प्रतिक्रिया