गगन थापा नेपाली कांग्रेसको नयाँ सभापति चयन, निर्वाचन आयोगको आधिकारिकता

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा सर्वसम्मत रूपमा पार्टी सभापति चयन भएका छन्।

२ माघ काठमाडौँ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन (पुस २७–३०, काठमाडौं) बाट गगनकुमार थापा सर्वसम्मत रूपमा पार्टी सभापति चयन भएका छन्। उक्त महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ।

यस विषयमा दुबै पक्ष निर्वाचन आयोग गएकोमा आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता प्रदान गरेको छ। आयोगको निर्णय अनुसार पार्टीको चुनाव चिन्ह रुख र चारतारे झण्डा पनि गगन थापा पक्षलाई उपलब्ध गराइएको छ। आयोगले पार्टीको विधान, प्रतिनिधि संख्या र महाधिवेशनको औपचारिकतालाई ध्यानमा राख्दै निर्णय गरेको हो।

पार्टीभित्रको विवाद भने अझै कायम छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षधरहरूले आयोगको निर्णयलाई असंवैधानिक ठहर गर्दै चुनौती दिने संकेत गरेका छन्। पूर्णबहादुर खड्कासहितका नेताहरूले आयोगको निर्णयलाई मान्यता नदिने र आवश्यक परे आन्दोलन गर्न सक्ने चेतावनी दिएका छन्। निर्वाचन आयोगको निर्णयपछि गगन थापा पक्षधर कार्यकर्ताहरूले उत्साहित प्रतिक्रिया दिएका छन् भने देउवा पक्षधर कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्। पार्टीभित्र सहमति र विवाद दुवै जारी रहेको छ। यो मुद्दा अदालत जाने निश्चित छ ।

प्रतिक्रिया