युवराज दुलालद्वारा सिन्धुपाल्चोक २ बाट उमेदवारी दर्ता

नेपाली कम्युनिष्ट पार्टीका युवा युवराज दुलालले सिन्धुपाल्चोक क्षेत्र नं २ बाट उमेदवारी दर्ता गराएका छन् ।

६ माघ, सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टीका युवा युवराज दुलाल सरदले सिन्धुपाल्चोक क्षेत्र नं २ बाट उमेदवारी दर्ता गराएका छन् ।

बागमती प्रदेश सभा सदस्य पदबाट राजिनामा दिएका उनले आज चौतारास्थित निर्वाचान कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । दुलालको प्रस्तावकमा इन्द्रमायाँ गुरुङ र समर्थकमा लोकमान दोङ रहेका छन् ।
मनोनयन पछि उनले प्रदेश सभामा सशक्त प्रस्तुती र प्रदेश मन्त्री हुँदा गरेका कामका आधारमा सिन्धु २ का मतदाताले जिताउने विश्वास व्यक्त गरे । उनले यस अघि २ पटक प्रदेश सभा सदस्य जितिसकेका छन् ।

प्रतिक्रिया