फागुन २१ को चुनाबले पनि प्रचण्डकै केन्द्रीयता फेरि परीक्षण गर्ने हो !

प्रचण्डको वरिपरि राजनीति कि राजनीतिको वरिपरि प्रचण्ड ?

प्रचण्डको वरिपरि राजनीति कि राजनीतिको वरिपरि प्रचण्ड ?

तीस वर्ष पूरा भयो,

नेपालको राजनीतिमा प्रचण्ड र प्रचण्डको राजनीतिमा नेपाल

उनी नभएको भए सायद उनका साथीहरू हुन्थेनन्

उनका साथीहरू नभएको भए सायद प्रचण्ड पनि हुन्थेनन्

रुप, सार, अवस्था र आवश्यकता फरक तर दुबै छन् ।

तपैलाई लाग्दैन आज पनि नेपालको राजनीति प्रचण्ड बिना अधुरो छ

२०५२ फागुनदेखि आजसम्म

राजतन्त्र ढल्यो, गणतन्त्र आयो।

लाखौंले सपना देखे, पीडा पनि भोगे।

कसैले सत्ता पाए, कसैले पहिचान।

कसैले ओतमा क्रान्तिकारी बने, कसैले सिँढी बनाएर माथि चढे।

समय फेरिँदा त्यही ओतलाई दोष दिएर टाढा पनि भए

आज जो जो उनको नजिक छन् हिजो टाढा थिए ।

हिजो जो नजिक थिए आज सबैभन्दा ठूलो स्वरमा गाली गरिरहेका छन्।

तर एउटा कुरा निर्विकल्प छ,

नेपालको राजनीतिमा टिक्नु छ भने या त प्रचण्डलाई समर्थन गर्नुपर्छ, या त विरोध

मिडिया ट्रायल होस्, राजनीतिक मिलन,

साझेदारी होस् वा तालमेल,

प्रशंसा होस् वा आलोचना केन्द्रमा सधैं प्रचण्ड छन् ।

उनी बिना बहस अपुरो। उनी बिना राजनीति अर्थहीन। उनी बिना आजको नेपाल लेखिँदैन, देखिँदैन।

आलोचकहरू होइन भन्छन, कराउँछन्,

तर उनकै आलोचना गरेर राजनीतिमा टिक्छन्।

किन ?

प्रचण्ड व्यक्ति होइनन् उनी एउटा युग हुन्

समर्थन र विरोध दुवै उनकै छायाँबाट जन्मिन्छन्।

मिलन र बिछोड दुवै उनकै वरिपरि घुम्छन्।

फागुन २१ को चुनाबले पनि प्रचण्डकै केन्द्रीयता फेरि परीक्षण गर्ने हो

आजसम्म उनी छन्, त्यसैले नेपाल बोल्छ।

उनी छन्, त्यसैले नेपाल बहस गर्छ।

उनी छन्, त्यसैले नेपाल बाँच्छ।

यो नै नेपालको राजनीतिक सत्य हो

राजनीति र प्रचण्ड एकअर्काका पर्याय हुन् !

प्रतिक्रिया