

३० माघ, सिन्धुपाल्चोक । आगामी फागुन २१ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा सिन्धुपाल्चोकका व्यवसायी र स्थानीय बासिन्दाहरूले एक महत्वपूर्ण संकल्प गरेका छन्। उनीहरूले चीनसँगको तातोपानी नाकामा व्यापार र आयात-निर्यात सहज बनाउन सक्रिय भूमिका खेल्ने उम्मेदवारलाई मात्र आफ्नो मत दिने घोषणा गरेका हुन्।
नाकामा बढ्दो चहलपहल खासा बजारमा एक सातासम्म लागेको डढेलो र चीनको ‘स्प्रिङ फेस्टिभल’ पछि तातोपानी नाका पुनः लयमा फर्किएको छ। हाल लिपिङ र तातोपानी बजारमा मानिस र सवारीसाधनको ठूलो ताँती देखिएको छ। यसले लामो समयदेखि नाकामा आश्रित स्थानीय समुदायमा उत्साह र आशा जगाएको छ।
जीविकोपार्जनको मुख्य आधार भौगोलिक विकटताका कारण खेतीपाती नहुने भोटेकोशी र बाह्रबिसे क्षेत्रका ३५ हजारभन्दा बढी मानिसका लागि यो नाका बाँच्ने आधार हो। दैनिक करिब १,००० स्थानीय बासिन्दा खुद्रा सामान खरिदका लागि चिनियाँ बजार पुग्छन् भने ७०० मजदुर लार्चा सुक्खा बन्दरगाहमा कार्यरत छन्। २०७२ को भूकम्प, जुरे पहिरो, भोटेकोशीको बाढी र कोभिड महामारीका कारण पटक-पटक बन्द भएको यो नाका अझै पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन।
व्यवसायी र स्थानीयको माग स्थानीय साना व्यवसायी मिश्री श्रेष्ठ भन्छिन्, “नाका बन्द हुँदा हामीले सात वर्षसम्म भोकभोकै बस्नुपर्ने अवस्था आयो। अब हामीलाई पार्टीभन्दा पनि हाम्रो समस्या संसद्मा उठाउने र व्यापार सहज बनाउने उम्मेदवार चाहिएको छ।”
व्यवसायीहरूले चुनावी अभियानमा आउने उम्मेदवारहरूसँग तातोपानी नाकाको आयात-निर्यात प्रक्रियालाई झन्झटमुक्त बनाउन र साना व्यापारीहरूको हितमा काम गर्न लिखित प्रतिवद्धता नै खोज्न थालेका छन्।
कुटनीतिक र पूर्वाधार प्रयास चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका डा. रूपक सापकोटाले हालै नाकाको स्थलगत भ्रमण गरी स्थानीयसँग छलफल गरेका छन्। उनले चिनियाँ पक्षसँग समन्वय गरेर व्यापार सहज बनाउन आफू लागिपरेको बताए।
तातोपानी नाकाको विकासका लागि हाल निम्न कार्यहरू भइरहेका छन्:
रामकृष्ण थापा (नयाँ पत्रिका दैनिक) को सहयोगमा

