एमाले-काँग्रेस छोडेर बाह्रविसे र बलेफीका युवा तारामा, भने ‘निकास र विकासका लागि सुबोध जिताउँछौं’

पार्टी प्रवेश गरेका युवाहरूले अबको निकास र सिन्धुपाल्चोकको विकासका लागि माधव सापकोटा र नेपाली कम्युनिष्ट पार्टीकै साथ दिने कसम खाएका छन्।

१ फागुन काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे र बलेफी क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेसलाई ठूलो झट्का लागेको छ। पुराना पार्टीहरूको गफ धेरै तर काम थोरै हुने शैलीबाट दिक्क भएका एक दर्जन जुझारु युवाहरूले पार्टी परित्याग गरी तारा चुनाव चिन्ह रहेको कम्युनिष्ट पार्टी रोजेका हुन्। देश बनाउने भिजन र युवाहरूको भावना बुझ्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी नै भएको भन्दै उनीहरूले नयाँ राजनीतिक यात्रा सुरु गरेका छन्।
​पार्टी प्रवेश गर्नेहरूमा बाह्रविसे-६ धुम्थाङका लङ्क विर तामाङ, प्रेम तामाङ र मंगल तामाङ रहेका छन्। त्यस्तै, बाह्रविसे-३ बाट विवेक घतानी र विशाल घतानी तथा बाह्रविसे-७ बाट रविन घतानी, राज वि.क., सुरेश तामाङ, डिम पासाङ तामाङ र जिवन घतानीले पनि ताराको लालझण्डा समातेका छन्। बलेफी-८ बाट विकास पोखरेल र सुदिप पराजुली पनि नेकपामा गोलबन्द भएका छन्।
​यी सबै युवाहरूलाई नेकपा सिन्धुपाल्चोक १ का उमेदवार माधव सापकोट सुबोधलेले खादा ओढाएर पार्टीमा स्वागत गरेका छन। स्वागतको क्रममा सापकोटाले अहिलेको समय युवाहरूको समय भएको र युवाहरूको यो निर्णयले सिन्धुपाल्चोकको विकासमा नयाँ उर्जा थपेको बताएका छन् । पार्टी प्रवेश गरेका युवाहरूले अबको निकास र सिन्धुपाल्चोकको विकासका लागि माधव सापकोटा र नेपाली कम्युनिष्ट पार्टीकै साथ दिने कसम खाएका छन्।

प्रतिक्रिया