माधव सापकोटा ‘सुबोध’द्वारा गृहगाउँ बलेफीबाट मतदाता भेटघाट सुरु, तारा पार्टीमा थपिए प्रभावशाली नेता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार एव प्रभावशाली युवा नेता माधव सापकोटा 'सुबोध'ले आफ्नो गृह क्षेत्र बलेफी गाउँपालिकाबाट निर्वाचन अभियानलाई तीव्र पारेका छन्।

२ फागुन सिन्धुपाल्चोक ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार एव प्रभावशाली युवा नेता माधव सापकोटा ‘सुबोध’ले आफ्नो गृह क्षेत्र बलेफी गाउँपालिकाबाट निर्वाचन अभियानलाई तीव्र पारेका छन्।

शुक्रबार उनले बलेफी गाउँपालिका वडा नं. २, ३, ४ र ५ अन्तर्गतका विभिन्न टोलहरूमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सञ्चालन गरेका हुन्। उम्मेदवार सापकोटाको स्थायी बसोबास बलेफी गाउँपालिका वडा नं. २ नौबिसेमा छ। अभियानका क्रममा उनले शुक्रबार तल्लो बिञ्ज्याल, मुलाबारी, नेपालीटोल, माथिल्लो बिञ्ज्याल, डाँडागाउँ, करङगैरा, देउराली, चिलाउने, च्यानडाँडा, जिराती, ब्याङ्चे, फुल्पिङ्कोट, कल्लेरी, पौडेलगाउँ लगायतका बस्तीहरूमा पुगेर उनले मतदातासँग प्रत्यक्ष संवाद गरे। विशेष गरी तल्लो बिञ्ज्याल र धुस्कोटको ब्याङ्चे क्षेत्रमा कोण सभासहितको भव्य भेटघाट भएको थियो।

कार्यक्रममा सापकोटा उत्साही, जोशपूर्ण र फुर्तिला देखिएका थिए। मतदातालाई सम्बोधन गर्दै उनले आफ्नो ३३ महिनाको सांसद कार्यकालमा गरेका काम र विकास निर्माणका प्रयासहरूबारे जानकारी गराए। पूर्ण कार्यकाल काम गर्न नपाउँदा अधुरा रहेका योजनाहरू पूरा गर्न पूर्ण अवधिको अवसर दिन मतदातासँग आग्रह गरे। गृह गाउँमा भव्य स्वागत प्राप्त भएको थियो भने धुस्कोट जस्ता तामाङ बाहुल्य बस्तीहरूमा परम्परागत स्यालगार (सामूहिक स्वागत तथा शुभकामना) कार्यक्रममार्फत स्थानीयहरूले उत्साहजनक साथ दिएका थिए। क्षेत्र न १ मा नेकपाले क्षेत्रमा प्रभावशाली नेताहरूलाई पार्टीमा भित्र्याएपछि विपक्षीहरूमा तरंग देखिएको छ। पूर्व बाह्रविसे नगरप्रमुख निमफुन्जो शेर्पा, जुगलका जयबहादुर लामा र बलेफीका नरबहादुर तामाङ जस्ता नेताहरूको प्रवेशले पार्टीको आधार मजबुत बनेको छ।

यसै क्रममा बलेफी गाउँपालिका वडा नं. ३ धुस्कोटबाट नेकपा (एमाले) र नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका स्थानीय चर्चित नेताहरू नरबहादुर तामाङ (नरे), सर्की तामाङ, हिरालाल तामाङ, निमेश तामाङ, रामकाजी तामाङ, राजेन्द्र योन्जन, जयबहादुर तामाङ लगायतलाई उम्मेदवार सापकोटाले हार्दिक स्वागत गरेका छन्।

घरदैलो तथा भेटघाट कार्यक्रममा नेकपाका सरल सहयात्री पौडेल, अमृता नेपाल प्रभा, प्रतापसिंह तामाङ, कल्पना न्यौपाने, गंगा तामाङ, कालिप्रसाद तामाङ, अभिनास तामाङ लगायतका नेताहरूको सक्रिय उपस्थिति रहेको थियो। मतदाता भेटघाट अभियानले सिन्धुपाल्चोक क्षेत्र नं. १ मा नेकपाको पक्षमा बढ्दो जनलहर र उत्साह देखाएको छ। निवर्तमान सांसद सापकोटाले विकास र समृद्धिको एजेन्डालाई अगाडि बढाउँदै पूर्ण कार्यकालका लागि मत मागिरहेका छन्। सिन्धुपाल्चोक नेपाली कम्युनिष्ट पार्टीको प्रभाव क्षेत्र हो ।

प्रतिक्रिया