सिन्धुको समृद्धिका लागि नेकपाका उम्मेदवारको साझा अठोट: ‘सुशासन र पूर्वाधार मुख्य प्राथमिकता’-पूर्णपाठ

सिन्धुपाल्चोक जिल्लाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन्।

३ फागुन, चौतारा। सिन्धुपाल्चोक जिल्लाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन्।

फागुन २१ गते हुने उपनिर्वाचनका लागि क्षेत्र नं. १ का उम्मेदवार माधव सापकोटा ‘सुबोध’ र क्षेत्र नं. २ का उम्मेदवार युवराज दुलाल ‘शरद’ले चौतारामा पत्रकार सम्मेलन गर्दै जिल्लाको समग्र विकासको खाका प्रस्तुत गरेका हुन् ।

क्षेत्र नं. १: माधव सापकोटाका ‘११ संकल्प’

निवर्तमान सांसद समेत रहेका सापकोटाले आफ्नो ३३ महिनाको संसदीय कार्यकालको अनुभव र अधुरा कामलाई पूर्णता दिने अठोट व्यक्त गरेका छन्ग । उनको प्रतिबद्धतापत्रमा विशेष गरी ‘जीवन्त संसद’ र पर्यटनलाई जोड दिइएको छ ।

सापकोटाका मुख्य योजनाहरू:

क्षेत्र नं. २: युवराज दुलालको ‘विकासको बाकस’

क्षेत्र नं. २ का उम्मेदवार युवराज दुलालले ‘बाकस भरी भोट, बाकस भरी विकास’ भन्ने नाराका साथ “विकासको बाकस – २” परियोजना अघि सारेका छन् ।

दुलालका मुख्य प्रतिबद्धताहरू:

सामूहिक चासो र सुरक्षा तयारी

दुवै उम्मेदवारले आफ्नो प्रतिबद्धता-पत्रमा जलवायु न्याय, विपद् व्यवस्थापन र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउने विषयलाई साझा एजेन्डाका रूपमा उठाएका छन् ।

प्रतिवद्धता पत्र सार्वजनिक गर्नुअघि उम्मेदवारहरू सहितको टोलीले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गरेको थियो। सो क्रममा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने विषयमा छलफल भएको थियो। नेकपाले ‘तारा’ चिन्हमा मतदान गर्न आग्रह गर्दै यो निर्वाचनलाई देशको भविष्यको मार्ग तय गर्ने अवसरका रूपमा लिएको जनाएको छ ।

पूर्णपाठ

प्रतिक्रिया