सिन्धुपाल्चोक थगामका मिर्गौला बिरामी लामाको भावुक अपिल: ‘सहयोग पाए बाँच्ने थिएँ’

सिन्धुपाल्चोकको थगामका मिर्गौला बिरामी शंख लामा उपचार अभावका कारण जीवन–मृत्युको दोसाँधमा पुगेका छन्।

६ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको थगामका मिर्गौला बिरामी शंख लामा उपचार अभावका कारण जीवन–मृत्युको दोसाँधमा पुगेका छन्।

दुवै मिर्गौलामा गम्भीर समस्या देखिएपछि लामो समयदेखि नियमित डायलाइसिस गराउँदै आएका उनलाईअब मिर्गौला प्रत्यारोपण नै एकमात्र विकल्प भएको चिकित्सकहरूले बताएका छन्। तर उपचार खर्च जुटाउन नसक्दा उनको अवस्था झन् जटिल बन्दै गएको परिवारले जानकारी दिएका छन् । काठमाडौंस्थित सिनमंगलको के.एम.सीअस्पतालमा उपचाररत लामा आर्थिक अभावका कारण आवश्यक उपचार गर्न नसकिरहेको अवस्बथा छ । परिवारका सदस्यहरूका अनुसार डायलाइसिसमै ठूलो खर्च भइरहेको र प्रत्यारोपणका लागि अझै धेरै रकम आवश्यक पर्ने भएकाले सहयोगबिना उपचार सम्भव छैन।

बिरामी लामाले भावुक हुँदै सबैमा आफूलाई बचाइदिन अनुरोध गरेका छन्। “सहयोग पाए बाँच्ने थिएँ,” भन्दै उनले देश–विदेशमा रहेका शुभेच्छुक, इष्टमित्र तथा दातृ मनहरूलाई सहयोगको अपिल गरेका छन्। परिवारले पनि आर्थिक सहयोगका लागि आग्रह गरिरहेका छन् । स्थानीयवासी र केही सामाजिक अभियन्ताहरूले सहयोग अभियान सुरु गरे पनि आवश्यक रकम अझै जुट्न सकेको छैन।

आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउनु दुःखद भएको भन्दै स्थानीय समासेवी क्रान्ति योञ्जनले सम्बन्धित निकाय र सरोकारवालालाई सहयोग गरिदिन अपिल गरेकी छन् । समयमै आवश्यक सहयोग जुट्न सके लामाको जीवन बचाउन सकिने चिकित्सकहरूको भनाइ रहेकोले सहयोगमा जुट्न उनको आग्रह छ।

प्रतिक्रिया