सापकोटाको घरदैलो तीव्र, दिनहुँ प्रवेशको लहर

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ मा नेकपा उम्मेदवार माधव सापकोटाको घरदैलो अभियान तीव्र बन्दै गएको छ। सोमबार उनले बलेफी गाउँपालिकाको साविक मांखा क्षेत्रमा मतदाता भेटघाट गरेका छन्।

१२ फागुन, सिन्धुपाल्चोक। सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ मा नेकपा उम्मेदवार माधव सापकोटाको घरदैलो अभियान तीव्र बन्दै गएको छ। सोमबार उनले बलेफी गाउँपालिकाको साविक मांखा क्षेत्रमा मतदाता भेटघाट गरेका छन्।

भेटघाटका क्रममा स्थानीयले उठाएको गुठी समस्याबारे उनले संसदमा सशक्त रूपमा आवाज उठाउने मात्र नभई भूमि विधेयकमार्फत कानुनी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। मांखा आफ्नो लागि आत्मीय स्थान भएको उल्लेख गर्दै उनले यहाँका नागरिकसँगको सम्बन्ध अझ सुदृढ बन्ने विश्वास व्यक्त गरे । मतदाता भेटघाट तथा सुझाव संकलन अभियान अन्तरगत हिजो उनले बलेफी गाउँपालिकाका वडा नं. ६, ७ र ८ का मतदाता, शुभेच्छुक तथा आम नागरिकसँग छलफल, अन्तरक्रिया र प्रत्यक्ष संवाद भएको बताए । स्थानीयको विश्वास, भरोसा र हौसलाले आफूलाई थप ऊर्जा मिलेको सापकोटाको भनाइ छ । युवा उमेदवार सापकोटाले अभियान निरन्तर जारी रहने पनि स्पष्ट पारे।

यसैबीच विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने क्रम पनि बढिरहेको छ। बलेफी गाउँपालिका–६ बाट नेकपा एमालेका नेता आईतमान तामाङ र सिंहबहादुर तामाङ तथा बाह्रविसे नगरपालिका–९ बाट नेपाली कांग्रेसका नेता कान्छा तामाङ, बिनोद तामाङ, लक्ष्मी तामाङ र सूर्य तामाङ नेकपामा प्रवेश गरेका छन्। नवप्रवेशी नेताहरुलाई स्वागत गर्दै सापकोटाले पार्टीमा उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता जनाए।

उनले फागुन २१ गते ‘तारा’ चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउन र अरूलाई पनि त्यसका लागि प्रेरित गर्न मतदातासँग अपिल गरेका छन्।

प्रतिक्रिया