

१३ फागुन । सिन्धुपाल्चोक जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढेसँगै एमाले कांग्रेस परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने लहर तीव्र बनेको छ। बुधबार बाह्रविसेमा आयोजित एक विशेष कार्यक्रमका बीच नेकपा एमाले र नेपाली काँग्रेसका सयौं नेता तथा कार्यकर्ताहरूले आफ्नो पुरानो पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी (तारा चुनाव चिन्ह) मा समाहित भएका छन्।
आगामी निर्वाचनमा ‘तारा’ चिन्हका सशक्त एवं युवा उम्मेदवार माधव सापकोटा ‘सुबोध’ लाई जिताउने दृढ संकल्पका साथ उनीहरू नेकपामा प्रवेश गरेका हुन्। सोही अवसरमा बाह्रविसे नगरपालिका-५ मा जन्मिएर खान्दोके सेलो गायनमा चर्चा कमाएका चर्चित कलाकार सुरेश तामाङ पनि नेकपामा आवद्ध भएका छन्। कलाकार तामाङले बाह्रविसे बजारको झम्के साँझमा “पाउजु त लाउने पाउ पाउमा, तारामा भोट हाल्यो भने विकास हुन्छ गाउँगाउँमा” भन्दै आफ्नै शैलीमा गीत गाएर पार्टी प्रवेश गरेका थिए। उनले आफ्ना साथीभाइ र आफन्त सबैलाई तारा चिन्हमा मतदान गरी माधव सापकोटालाई जिताउन लाग्न समेत अपिल गरेका छन्।
कलाकार तामाङसँगै बाह्रविसे र त्रिपुरासुन्दरी क्षेत्रबाट उल्लेख्य संख्यामा स्थानीय नेताहरू नेकपामा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूमा बैरागी च्याङ्बा, तेन्जेरे तामाङ, प्रेम बहादुर खत्री, मान बहादुर बस्नेत, कुल बहादुर तामाङ, कृष्ण बहादुर तामाङ, कृष्ण बहादुर राउत, ध्रुव बहादुर बस्नेत, विकास बस्नेत, नारायण खत्री, जगत बहादुर तामाङ, राम कुमार योञ्जन र तेज बहादुर तामाङ रहेका छन्। त्यसैगरी, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ०२, चोकटीबाट सन्जय श्रेष्ठ, कान्छा थामि, हिरामाया थामि, रण बहादुर श्रेष्ठ, प्रकास थामि, विकास थामि, पूर्ण बहादुर श्रेष्ठ, मान बहादुर श्रेष्ठ, ज्ञानि माया श्रेष्ठ, बिनोद श्रेष्ठ, राम श्रेष्ठ, राजन श्रेष्ठ, गंगालाल श्रेष्ठ, भिमसेन थामि, सुनिता थामि, भक्त बहादुर श्रेष्ठ, सन्तोष श्रेष्ठ, विशाल श्रेष्ठ, सुनिल थामि, विजय गुरुङ्ग, मन्जु श्रेष्ठ, लक्ष्मि श्रेष्ठ, आकृति श्रेष्ठ र अनु थामि लगायतले एमाले र काँग्रेस त्यागेका छन्। नवप्रवेशीहरूलाई उम्मेदवार माधव सापकोटा, लालकान्छा तामाङ नेताहरू सरल सहयात्री पौडेल, निमफुञ्जो शेर्पा, टोपनाथ सापकोटा र रदिप पराजुली लगायतले खादा ओढाएर स्वागत गरेका थिए।
पार्टी प्रवेशको यो लहर जुगल गाउँपालिकामा पनि उत्तिकै देखिएको छ। जुगल-४ घुङामा २०६४ सालदेखि नेपाली काँग्रेसमा क्रियाशिल सदस्य रहेका विर बहादुर तामाङ र जित बहादुर तामाङले पनि काँग्रेस परित्याग गरी नेकपा रोजेका छन्। उनीहरूलाई पूर्व सभामुख एवं नेकपाका नेता अग्निप्रसाद सापकोटाले खादा ओढाएर स्वागत गरेका छन्। यसैगरी, बुधबार नै त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, चोकटी सल्लेनीका ३० जनाभन्दा बढी एमाले र काँग्रेसका कार्यकर्ताहरू नेकपामा प्रवेश गरेका छन्। उनीहरूलाई पनि उम्मेदवार सापकोटा तथा नेताहरू शेर्पा र पौडेलले पार्टीमा स्वागत गर्दै आगामी दिनमा एकजुट भएर विकास र समृद्धिको बाटोमा लाग्न आग्रह गरे ।

