सापकोटासँग मतदाताको एकै स्वर: फेरि जिताएर पठाउँछौँ, ‘अधुरा काम पूरा होस्’, सयौं तारा पार्टीमा प्रवेश

बाह्रबिसे नगरपालिकाका तीन वडा घुम्थाङ, मानेश्वारा र राम्चेवासीले नेकपाका उम्मेदवार माधव सापकोटा सुबोधलाई पुन जिताएर पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

१४ फागुन, सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाका तीन वडा घुम्थाङ, मानेश्वारा र राम्चेवासीले नेकपाका उम्मेदवार माधव सापकोटा सुबोधलाई पुन जिताएर पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबार ‘मतदाता भेटघाट तथा सुझाव संकलन अभियान’ का क्रममा ती क्षेत्रमा पुगेका सापकोटालाई स्थानीयले भव्य स्वागत गर्दै बाँकी रहेका विकास निर्माणका कामहरू सम्पन्न गरिदिन आग्रह गरे।

विगतमा काम गर्नेलाई नै मत दिने भन्दै वडा नं. ७, ८ र ९ मा आयोजित घरदैलो तथा सामूहिक छलफलमा सहभागी स्थानीयले उम्मेदवार सापकोटाको व्यक्तित्व र अघिल्लो कार्यकालमा संसद्मा निर्वाह गरेको प्रभावकारी भूमिकाको प्रशंसा गरे। जितेपछि विकासका योजनाहरूलाई पूर्णता दिन सापकोटालाई स्थानीयले पटक पटक स्मरण गराएका थिए ।

अभियानमा समानुपातिक उम्मेदवार लालकान्छा तामाङ, युवा नेता सरल सहयात्री पौडेल, बाह्रबिसेका संस्थापक मेयर एवं नेकपा केन्द्रीय सदस्य निमफुञ्जो शेर्पा, नेता टी.एन. सापकोटा, बाह्रबिसे इन्चार्ज प्रदीप पराजुली लगायतका ठूलो संख्याका नेताकार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो। स्थानीयले विगतमा जिताएको स्मरण गराउँदै यस पटक पनि परिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क रहन ढाडस दिएका थिए।

घुम्थाङमा शेर्पा संस्कृति अनुसार झाँकीसहित स्वागत गर्दै स्थानीयले संसद्मा सापकोटाको प्रस्तुति र तर्कलाई आगामी दिनमा पनि कायम राख्न सुझाव दिए। अघिल्लो ३३ महिने कार्यकालमा सुरु भएका आयोजनाहरूलाई प्राथमिकतामा राखी योजना बनाउन उनीहरूको सुझाव थियो।

स्थानीयको सुझावप्रति आभार व्यक्त गर्दै सापकोटाले जनताका सल्लाह र सुझाव नै आफ्ना लागि कार्यसम्पादनका लागि मार्गदर्शन भएकफो बताएका थिए । उनले जनताको शिर नझुक्ने गरी इमानदारीपूर्वक काम गर्ने संकल्प पटक पटक सुनाएका थिए । उनी अघिल्लो कार्यकालमा कुनै दाग नलागेका सांसद हुन् ।

युवा जोश, काम गर्ने हुटहुटी र स्थानीय मुद्दालाई संसद्मा खरो रूपमा उठाउने शैलीका कारण सापकोटा विपक्षी दलका कार्यकर्तामाझ पनि ‘साझा नेता’ का रूपमा स्थापित र रुचाइएका उम्मेदवार मानिन्छन्।

यसैविच मानेश्वारामा यसअघि नेपाली कांग्रेसमा सक्रिय युवा नेता पन्चबीर तामाङ  नेकपामा प्रवेश गरेका छन् । यस्तै साँझ दुई अलग अलग टोली नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी सयौंको संख्यामा नेकपामा प्रवेश गरेको छन । उनीहरुलाई बाह्रविसेमा आयोजित विशेष कार्यक्रममा उमेदवार सापकोटालगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया