

१५ फागुन, बाह्रविसे । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं. २ स्थित दुरुमथली गाउँ नै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ।
विगतमा नेकपा एमाले, नेपाली कांग्रेस लगायतका विभिन्न दलमा आबद्ध भई राजनीति गरिरहेका सिंगो गाउँका नेता तथा कार्यकर्ताहरू आज सामूहिक रूपमा नेकपामा प्रवेश गरेका हुन्।
सिन्धुपाल्चोक क्षेत्र नं. १ का ‘तारा चिन्ह’ का उम्मेदवार माधव सापकोटा ‘सुबोध’ ले उनीहरूलाई खादा र माला लगाएर पार्टीमा स्वागत गरे । नेकपामा प्रवेश गरेपछि स्थानीय नेता-कार्यकर्ताहरूले युवा नेता सुबोधको स्पष्ट विचार र बोली अनुसारको व्यवहार गर्ने शैलीका कारण उनलाई संसदमा पुर्याउन ‘तारा चिन्ह’ रोजेको बताएका छन्।
एकै थलोबाट सिंगो गाउँ नै पार्टीमा समाहित भएपछि उम्मेदवार सापकोटाले खुसी व्यक्त गर्दै उनले वर्तमानको आवश्यकता र जनभावनाको कदर गर्दै सही राजनीतिक बाटो रोज्नुहुने सम्पूर्ण नवप्रवेशीलाई पार्टीमा हार्दिक स्वागत गर्दछु भनेका छन् ।
उनले सुशासन र समृद्धिको संकल्प पूरा गर्न आगामी फागुन २१ गते ‘तारा चिन्ह’ मा मतदान गरी विजयी गराउन सिन्धुपाल्चोक क्षेत्र नं. १ का आम नागरिकलाई अपिल समेत गरेका छन् ।

