प्रधानमन्त्री बालेन शाहद्वारा पदभार ग्रहण: कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने पहिलो निर्णय

नेपालको राजनीतिक इतिहासमा एक ऐतिहासिक र नाटकीय परिवर्तनका बीच रास्वपाका वरिष्ठ नेता बालेन शाह नेपालको ४३ औँ प्रधानमन्त्री नियुक्त भएका छन्।

१३ चैत, काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा एक ऐतिहासिक र नाटकीय परिवर्तनका बीच रास्वपाका वरिष्ठ नेता बालेन शाह नेपालको ४३ औँ प्रधानमन्त्री नियुक्त भएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सिंहदरबार पुगेर आफ्नो कार्यभार सम्हालेका छन्। ‘सुशासन र नतिजा’ लाई मूल मन्त्र बनाएका नवनियुक्त प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेलगत्तै पहिलो मन्त्रीपरिषदबाट गौरी बहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गराउने निर्णय गरेका छन्।

प्रधानमन्त्री शाहको पहिलो मन्त्रिपरिषद् बैठकले लामो समयदेखि थन्किएर रहेको कार्की नेतृत्वको आयोगको सिफारिसलाई तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो । उनले आफ्नो नेतृत्वमा १५ सदस्यीय छरितो मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा विभिन्न क्षेत्रका विज्ञ र युवा अनुहारहरू समेटिएका छन्।

नवनियुक्त प्रधानमन्त्री शाहले मन्त्रालयहरूको सङ्ख्या घटाउँदै प्रशासनिक खर्च कटौती गर्ने र सरकारी सेवालाई पूर्ण रूपमा डिजिटल बनाउने नीति लिएका छन्। मन्त्रिपरिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जनताले प्रत्यक्ष महसुस गर्ने गरी परिवर्तन ल्याउने र भ्रष्टाचारका फाइलहरू क्रमिक रूपमा खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया