सिन्धुपाल्चोकका स्थानीय तहलाई २०८३/८४ लागि वित्तीय समानीकरण अनुदान सार्वजनिक (सूचीसहित)

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदानको सिफारिस सार्वजनिक गरेको छ।

५ वैशाख, काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदानको सिफारिस सार्वजनिक गरेको छ। आयोगले देशभरका स्थानीय तहका लागि कुल ९० अर्ब २० लाख ४६ हजार रुपैयाँ अनुदान सिफारिस गरेको हो।

यस अन्तर्गत बागमती प्रदेशका ११९ वटा स्थानीय तहका लागि कुल १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ। बागमती प्रदेशभित्रकै सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहले पाउने अनुदानको विवरण पनि आयोगले तय गरेको छ ।

क्र.सं.स्थानीय तहको नामविनियोजित अनुदान रकम
मेलम्ची नगरपालिका१८ करोड ७ लाख
चौतारा साँगाचोकगढी नगरपालिका१८ करोड ३८ लाख
बाह्रबिसे नगरपालिका१३ करोड ९ लाख
इन्द्रावती गाउँपालिका१३ करोड ९८ लाख
पाँचपोखरी थाङ्पाल गाउँपालिका११ करोड ५८ लाख
हेलम्बु गाउँपालिका११ करोड ३२ लाख
जुगल गाउँपालिका११ करोड ३१ लाख
बलेफी गाउँपालिका११ करोड ३० लाख
भोटेकोशी गाउँपालिका११ करोड १७ लाख
१०सुनकोशी गाउँपालिका१० करोड ६४ लाख
११लिसंखु पाखर गाउँपालिका९ करोड ९२ लाख
१२त्रिपुरासुन्दरी गाउँपालिका९ करोड

प्रतिक्रिया