नेकपाको एकता राष्ट्रिय महाधिवेशन मंसिर दोस्रो साता, युवा सहभागिता ५० प्रतिशत पुर्‍याइने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ।

२० वैशाख, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता र सह-संयोजक माधव कुमार नेपालको सञ्चालनमा पेरिसडाँडामा १० दिनसम्म चलेको बैठकले पार्टीको सांगठनिक सुदृढीकरण र महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो।

युवा सहभागिता र संगठन विस्तार

पार्टीले वडादेखि केन्द्रसम्मका सबै कमिटीहरूमा युवा र नव-युवाहरूको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। समावेशी र समानुपातिक मान्यता अनुसार निर्माण हुने कमिटीहरूमा अनुभवी र युवा पुस्ताको सन्तुलन कायम गरिने नव नियुक्त प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसैगरी, आगामी जेठ मसान्तसम्म टोलदेखि केन्द्रसम्मको संगठनात्मक समायोजन प्रक्रिया सम्पन्न गरिने निर्णय गरिएको छ।

अधिवेशनको कार्यतालिका

बैठकले पारित गरेको कार्यतालिका अनुसार अधिवेशनका विभिन्न चरणहरू यस प्रकार छन्:

संविधान संशोधन सुझाव कार्यदल गठन

पार्टीले संविधान संशोधनका लागि आवश्यक सुझाव दिन ११ सदस्यीय कार्यदल गठन गरेको छ। देव गुरुङको नेतृत्वमा गठित उक्त कार्यदलमा प्रकाश ज्वाला, रेखा शर्मा, डा. मुक्ति नारायण प्रधान, डा. खिमलाल देवकोटा लगायतका नेता तथा कानुनविद्हरू रहेका छन्। कार्यदलले संविधानका विभिन्न पक्षमा सुधारका लागि पार्टीको तर्फबाट आधिकारिक सुझावहरू तयार पार्नेछ।

प्रतिक्रिया