

२८ जेठ खुनमीङ । चीनको युन्नान प्रान्तको राजधानी कुनमिङमा बिहिबार १० औँ चीन-दक्षिण एसिया एक्स्पोको भव्य सुरुवात भएकाे छ । जुन १६ सम्म चल्ने यस भव्य व्यापारिक मेलाले चीन र दक्षिण एसियाली मुलुकहरूबीच पस्परिक हित र सहयोगका माध्यमबाट नयाँ व्यावसायिक अवसरहरू सिर्जना गर्ने विश्वास चिनियाँ अधिकारीहरूले व्यक्त गरेका छन्। दक्षिण तथा दक्षिणपूर्वि एशियाका देशबाट विशिष्ट अतिथिहरुको सहभागिता रहेको उद्घाटन सत्रमा नेपालबाट राष्ट्रिय सभाका उपाध्यक्ष लिला भण्डारीले सहभागिता जनाएकि छन् ।
यस वर्षको एक्स्पोमा दक्षिण एसिया, दक्षिण-पूर्वी एसिया र क्षेत्रीय व्यापक आर्थिक साझेदारीका सदस्य राष्ट्रहरू सहित ६८ भन्दा बढी देश तथा क्षेत्रहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले सहभागिता जनाएका छन्सु । यस पटकको मेलामा बंगलादेश ‘थिम कन्ट्री’को रूपमा रहेको छ भने लाओस विशेष आमन्त्रित साझेदार मुलुकको रूपमा सहभागी छ। साथै इटाली, उरुग्वे र अस्ट्रेलिया लगायतका सात देशका दूतावास तथा वाणिज्य दूतावासहरूले पहिलो पटक राष्ट्रिय प्रदर्शनी समूहका रूपमा यस एक्स्पोमा डेब्यु गरेका छन्।
चीन र दक्षिण एसियाली मुलुकहरूले विश्वको कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत हिस्सा ओगट्ने र करिब ३ अर्ब जनसङ्ख्याको विशाल बजारको प्रतिनिधित्व गर्ने भएकाले यो एक्स्पोले सहकार्यको ठूलो सम्भावनालाई उजागर गर्ने अधिकारीहरूको भनाइ छ। विस्तृत विवरणहरू समेटिएको प्रतिवेदनका अनुसार यस मेलाले विशेष गरी नेपाल र चीनबीचको सदियौँ पुरानो ऐतिहासिक सम्बन्धलाई आधुनिक मञ्च प्रदान गरेको । नेपालले यस वर्ष पनि सहभागिता जनाएको छ । नेपालबाट १२२ वटा स्टल राखिएको अधिकारीहरुले जानकारी दिएका छन् । कुनमिङको डियान्ची अन्तर्राष्ट्रिय महासभा तथा प्रदर्शनी केन्द्रमा आयोजित यस मेलामा चिनियाँहरुले नेपाली सामान मन पराएकाे सहभागिहरुले बताएका छन् ।





