

१७ साउन काठमाडौँ — विश्व पर्वतारोहणको इतिहासमा अतुलनीय छाप छोडेका अन्तर्राष्ट्रिय कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’ को निधन भएको छ। १ अगस्ट २०२६ मा पाकिस्तानको ब्रोड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्सदाई’ सहित १० जना आरोहीको दुखद निधन भएको हो ।
नेपालमा धेरैजसो चर्चाको शिखरमा पुग्ने माध्यम राजनीति, निजामती प्रशासन, न्यायालय वा पाठ्यपुस्तकमा समेटिएका साहित्यकार, खेलाडी र गायक-गायिका नै हुने गर्छन्। राजनीतिक र प्रशासनिक घेराभन्दा सर्वथा टाढा रहेर आफ्नै अद्भूत क्षमताका बलमा विश्व मञ्चमा देशको नाम चम्काउने व्यक्तिहरू भने औँलामा गन्न सकिने मात्र छन्। तिनै विरलै पाइने पात्रहरूमध्येका एक हुन् कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा, जो विश्वभर ‘निम्सदाई’ नामले परिचित छन्। उनी नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत उत्तिकै प्रसिद्धि र सम्मान कमाउन सफल पुर्जाले नेपालीले चाहेमा जुनसुकै क्षेत्रबाट पनि संसार जित्न सक्छन् भन्ने दृष्टान्त पेस गरेका थिए ।
पूर्वब्रिटिश गोर्खा सैनिक तथा बेलायती सेनाको विशेष बलमा काम गरिसकेका निर्मल पुर्जाले सन् २०१९ मा अघि सारेको ‘प्रोजेक्ट पसिबल’ (Project Possible) ले सम्पूर्ण पर्वतारोहण जगत्लाई स्तब्ध बनाएको थियो। संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमशिखरहरूलाई ६ महिना ६ दिन मा सफल आरोहण गरेर उनले नयाँ विश्व कीर्तिमान कायम गरे। यसअघि यो रेकर्ड पोल्यान्डका आरोही जेर्जी कुकुच्काको नाममा (७ वर्ष ११ महिना १४ दिन) रहेको थियो।
निम्सदाइले आफ्नो आरोहण यात्राका क्रममा एकपछि अर्को गर्दै दर्जनौँ कीर्तिमान आफ्नो नाममा गराए, जसमध्ये प्रमुख कीर्तिमानहरु
पुर्जाका यी असाधारण सफलताहरूलाई गिनिज वर्ल्ड रेकर्ड्स (Guinness World Records) ले आधिकारिक रूपमा मान्यता दिँदै बहुसंख्यक उपाधिहरू प्रदान गरेको छ। ८ हजार मिटरभन्दा अग्ला हिमालहरू सबैभन्दा छिटो आरोहण गरेको, एकै सिजनमा धेरै हिमाल चढेको तथा सगरमाथा र ल्होत्सेबीचको सबैभन्दा छिटो दूरी पार गरेको जस्ता विषयमा उनका नाममा दर्जनभन्दा बढी गिनिज प्रमाण-पत्रहरू दर्ज छन्।
निर्मल पुर्जाको यो साहसिक कदमलाई विश्वका शीर्ष मिडियाहरूले प्राथमिकताका साथ कभरेज गरे। द न्युयोर्क टाइम्स, बीबीसी, सीएनएन, द गार्जियन र नेशनल जिओग्राफिक जस्ता विश्वविख्यात सञ्चारमाध्यमहरूले उनलाई ‘सुपरह्युमन’ र साहसिक पर्यटनका ‘ग्लोबल आइकन’का रूपमा प्रस्तुत गरे। उनको निधनको खबर पनि विदेशी मिडियाबाट बाहिरिएको थियो ।
विशेष गरी, नेटफ्लिक्समा जारी भएको उनको वृत्तचित्र 14 Peaks: Nothing Is Impossible ले विश्वभरका करोडौँ दर्शकको मन जित्यो। यस वृत्तचित्रले नेपाल, नेपाली हिमाल र मुख्यगरी नेपाली शेर्पा आरोहीहरूको योगदानलाई पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा यति ठूलो मञ्चमा उजागर गर्यो। नेपालमा राष्ट्रिय पहिचान बनाउन राजनीतिक वा प्रशासनिक पहुँच नै हुनुपर्छ भन्ने परम्परागत भाष्यलाई निम्सदाईको सफलताले पूर्ण रूपमा भत्कािदिएको छ। राजनीतिभन्दा सर्वथा बाहिर रहेर पनि आफ्नो दृढ संकल्प र साहसका बलमा सिङ्गो देशको शिर विश्वसामु उच्च बनाउन सकिन्छ भन्ने कुरालाई निर्मल पुर्जा ‘निम्सदाई’ ले विश्वव्यापी रूपमा प्रमाणित गरिदिएका छन्।

